Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा चुनावी समीकरण फेरबदल

फाल्गुन १३, २०७५ १०:२६ मा प्रकाशित
एनआरएनए अमेरिकामा चुनावी समीकरण फेरबदल
Share on FacebookShare on Twitter

 अमेरिका ।
एनआरएनए अमेरिकामा आगामी निर्वाचनका लागि सदस्यताको अन्तिम टुङ्गो नलाग्दै समीकरणमा फेरबदल देखिन थालेको छ । अध्यक्षका बलिया प्रत्यासी सूर्य लम्लासको समूह र नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी मञ्चका पूर्व अध्यक्ष सञ्जय थापाको समूह तालमेल गरेर निर्वाचनमा जाने सम्भावना क्षीण भएको छ । अध्यक्षका प्र्त्यासी लम्सालले दूरबिन नेपालसँग कुरा गर्दै भने “सञ्जय जीसँग मिलेर निर्वाचनमा जाने हल्ला चलाइएको सुनियो । त्यो निराधार हो । उहाँसँग मिलेर जाने कुनै तयारी र सम्भावना छैन ।” पछिल्लो समय लम्साल र थापा समूहको सम्बन्ध निक्कै चिसो भएको छ ।

नेपाली जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले गत निर्वाचनमा सन्जाय थापालाई जिताऊन विभिन्न राज्यमा एउटै मञ्चमा राखेर सार्वजनिक भाषणमा नै थापालाई मतदान गर्न अपिल गरेका थिए । आफ्नै संस्थाको निर्वाचन गर्न नसकेर थलिएर बसेका विष्टले यस पटक प्रवासी मञ्चका पूर्व अध्यक्ष थापाको पक्षमा त्यति ठुलो सक्रियता देखाउने सम्भावना न्यून छ । जसका कारण नेपाली जन सम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदी र उनको समूहसँग सञ्जय थापा पछिल्ला दिनहरूमा नजिकदै गएका छन् । एनआरएनए अमेरिकाको राजनीतिलाई बढी प्रभावित गर्न खोज्ने सो समूहले पनि सञ्जय थापालाई कुनै पदमा सहयोग गर्ने आश्वासन नदिए प्रवासी मञ्चको समूह यस पटक निर्वाचनको मैदानमा देखा पर्ने सम्भावना छ ।

महासचिव लामाले अध्यक्षमा प्रतिस्पर्धा गर्ने

एनआरएनए अमेरिकाका महासचिव बि आर लामाले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । दूरबिन नेपालसँग कुरा गर्दै लामाले भने “एनआरएनए अमेरिकाका मतदाता सदस्यहरूको नामावली मार्च एक तारिखमा बुझाएपछि मार्च २ तारिख अध्यक्षको उम्मेदवारी सार्वजनिक गर्ने छु ।”

लामाले कुनै राजनीतिक समूह र गुटको आड नलिई मैदानमा जाने बताए । लामाले भने “मैले दुई वर्ष संस्था र आम समुदाएको हितमा काम गरेको छु । त्यही शक्तिको बलमा मतदाता बिचमा जाने छु ।” राजनीतिक समूह र शक्ति केन्द्रहरूको प्रभावमा परेर अगाडि बढ्दा संस्थागत हितमा काम गर्न नसकिने लामाको बुझाइ छ । लामाले भने “म कुनै समूह बनाउँदिन । एक्लै मैदानमा जान्छु । मतदाताले निर्वाचित गरेर बनाइदिने समूहमा म विश्वास गर्छु ।”

लामा भन्दा अगाडि पूर्व बोर्ड डाइरेक्टर सूर्य लम्साल, प्रवक्ता विनोद कुमार तिवारी, बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन वनजाडे र सन्जाय थापाले अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । औपचारिक घोषणा अगाडि नै चर्चामा रहेका वरिष्ठ उपाध्यक्ष सुनिल साह उम्मेदवारी सार्वजनिक गर्ने साइत कुरेर बसेका छन् ।

महासचिवका लागि अहिलेसम्म पशुपति पाण्डेले मात्र उम्मेदवारी सार्वजनिक गरेका छन् । वरिष्ठ उपाध्यक्षमा जेदु पोखरेल, अमृत सापकोटा, भरत अर्याल र सञ्जीव श्रेष्ठले उम्मेदवारी सार्वजनिक गरेका छन् । सचिवका लागि भानु खरेल, रेवती अधिकारी, अमृत कटेलको नाम सामाजिक सञ्जालमा देखिएको छ । कोषाध्यक्षमा रविन बज्राचार्य र बन्धु पोखरेलले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । नृपेन्द्र धिताल, सतेन्द्र साहको कोषाध्यक्षमा उम्मेदवारी पर्ने सम्भावना छ । बोर्ड अफ डाइरेक्टरका लागि यस पटक सबै भन्दा अगाडि सी पी पौडेलले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका थिए । बोर्ड अफ डाइरेक्टरका लागि उम्मेदवारी सार्वजनिक गर्ने क्रम निक्कै बढेको छ । अहिलेसम्म करिब ३५ जनाले आफ्नो नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result