अमेरिका, २३ फेब्रुअरी। आज एक वेबिनार कार्यक्रम मार्फत बासुदेव भट्टको अध्यक्षतामा गठन भएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन नर्थ क्यारोलिना च्याप्टर बिस्तार गरिएको छ। विस्तारित कमिटीको उपाध्यक्षमा गोबिन्द कंडेल, महासचिवमा तिला धमला, कोषाध्यक्ष सहदेव बस्नेत तथा सदस्यहरुमा गंगाराम खड्का, संजु भट्ट पाण्डे, पुष्प भट्ट, अनिष कोइराला र नबराज पन्त रहेका छन्। संस्थामा सुझाव तथा सल्लाह प्रदान गर्नको लागी प्राध्यापक डा अच्युत शर्मा, प्राध्यापक आशा दाहाल र मोहन बराल रहेको सल्लाहकार समिति समेत घोषणा गरिएको छ।
अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको छ। संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्षमा बद्री अर्याल रहेका छन्। नेपालमा सिंहदरबारको पूर्वी गेट छेउमा संस्थाको सम्पर्क कार्यालय रहेको छ। महासचिव तिला धमलाले संचालन गर्नु भएको कार्यक्रममा कार्य समिति सदस्य संजु भट्ट पाण्डे ले स्वागत मन्तब्य राख्नु भएको थियो ।उक्त वेबिनार कार्यक्रम का बिशिष्ट अतिथी गैर आवासीय नेपाली संघ आई सि सि उपाध्यक्ष डां केशब पौडेल अतिथी हरू क्रमश: टाउन अफ मोरिसभिल का सल्लाहकार कृष्ण पोखरेल,पुर्ब प्राध्यापक बालकृष्ण शर्मा जय नेपाल ईन्टरनेशल फाउन्डेसन च्याप्टर सभापती हरू क्यालीफर्निया का ईन्द्र राज पाण्डे, जर्जिया का धर्मराज घिमिरे, केन्टकी का दिबाकर भट्ट, मिडिया कोर्डिनेटर भगीरथ योगी,नलेज नेटवर्क कोर्डिनेटर डां निरज स्रेष्ट, फाउन्डेसन का प्रबक्ता लाल काफ्ले र महासचिब अग्नि चौलागाई समेत ले कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो र आफु हरू ले च्याप्टर लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।
एन आर एन मा बिगत ६ बर्ष देखि सकृय रुपमा जिम्मेवारी मा रहेका सभापती बासुदेव भट्ट ले कार्य समिति को पहिलो बैठक बाट दृष्टि बिहीन,टुहुरा बाल बालीका र रक्तदान कार्यक्रम लाई सहयोग गर्ने गरि तीन वटा महत्वपुर्ण निर्णय हरू सर्ब सहमति बाट पारित भएको कुरा बताउनु भएको छ ।संस्थाको उद्देश्य र ढाँचाको बारेमा बताउदै प्रमुख अतिथी एबम् संस्थापक अध्यक्ष डा यादव पण्डितले यो संस्था अन्य संस्थाको प्रतिस्पर्धी नभएर सबैको सहयात्री संस्थाको रुपमा रहेको, नेपालका ७७ जिल्ला र विदेशमा समेत यसका च्याप्टर रहेका हुँदा मातृभूमिमा केहि गर्नको लागि हामीले सिधा रुपमा गर्न सकिने समेत बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-