काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष नेतृत्वको सरकारले ुजनयुद्धु र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका प्रेस विज्ञ नरेन्द्र केसीका अनुसार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
उनले भने, ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने आज बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ । बाँकी निर्णयको नियमित पत्रकार सम्मेलनबाट जानकारी हुने छ ।’







प्रतिक्रिया लेख्नुहोस्:-