काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले भेटवार्ता गरेका छन् ।
राजदूत सोङ् खनाललाई भेट्न उनकै डल्लुस्थित निवास पुगेका थिए । दुईजनाको भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल(चीन सम्बन्धलगायतको विषयमा कुराकानी भएको बताइएको छ । भेटमा विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-