अमेरिका ।
एनआरएनए अमेरिका सदस्यता छानबिन समितिले ८ हजार ८ सय ६१ सदा सदस्यको प्रमाणीकरण गर्दै आफ्नो काम सम्पन्न गरेको छ ।
गैह्र आवासीय नेपालीहरूले यस पटक अमेरिकाका धेरैजसो राज्यबाट एनआरएनए अमेरिकाको सदस्यता लिएका छन् । न्योयोर्क च्याप्टरबाट सबै भन्दा बढिले सदस्यता लिएका छन् । त्यस पछि टेक्सस, मेरिल्याण्ड र क्यालिफोर्निया राज्यमा बढी सदस्य बनेका छन् । अमेरिकाका २० वटा राज्यले एक सय भन्दा बढी सदस्य बनाएर आफ्नो शाखा जोगाएका छन् । राज्य अनुसारको सदस्यहरूको विवरण चाटमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-