काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका हुन् ।
बागमती प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री छन् । लामाको नेतृत्वमा रामकृष्ण चित्रकार, तीर्थ लामासहित स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-