दूरबिन नेपाल सम्वाददाता
न्युयाेर्क । अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पका सहयाेगिहरु एक पछि अर्काे गर्दै विवादमा फस्ने वा कानुनी सजाय पाउने क्रम बढ्दै गएकाे छ । यसै क्रममा राष्ट्रपति ट्रम्पका पूर्व सहयाेगी पल म्यानफाेर्ट पनि जेल जाने भएका छन् ।
ब्याङ्क ठगी र कल छलीकाे आराेपमा भर्जिनियाकाे अदालतले म्यानफाेर्टलाई ४७ महिना जेल पठाउने निर्णय सुनाएका हाे । म्यानफोर्टले दुई करोड ४० लाख डलर क्षतिपूर्ति र ५० हजार डलर जरिवाना तिर्नुपर्ने फैसला अदालतले सुनाएको छ।
म्यानफोर्ट सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको निर्वाचन अभियानको संयोजक हुन । उनी माथि युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको आराेपलाई अदालतले सही सावित गरेकाे थियाे । यस्तै उनी माथि गैरकानुनी रूपमा गुटबन्दी गरेको अभियोग पनि छ । साे बारेमा सजाय सुनाउन बाँकी छ। राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्प र रुसको सम्बन्धबारे एउटा छानबिन सुरु भएपछि उनीविरुद्ध ती अभियोगहरू लगाइएको थियो। म्यानफोर्टलाई राष्ट्रपति ट्रम्पका राजनीतिक गुरु मानिन्छ ।
एजेन्सीकाे सहयाेगमा
तस्वीर : म्यानफोर्टकाे ट्वीटरवाट







प्रतिक्रिया लेख्नुहोस्:-