काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने हिंसाविरुद्ध सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले सरकार महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिवद्ध रहेको बताए ।
आज ( मंगलबार) ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले नेपालको मूल कानुनले नै महिलाको सम्पूर्ण अधिकारको सुनिश्चित गरेको बताए ।
‘हाम्रो मूल कानुनले नै महिलाको सामाजिक, आर्थिक, राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि नीतिगत व्यवस्थाहरू गरेको छ, महिलाको हकमात्रै होइन, धेरै वटा अधिकारहरूलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको छ,’ उनले भने, ‘सरकारले त्यसको कार्यान्वयनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, त्यस्ता कार्यक्रमहरूले अझै प्रभावकारी निरन्तरता दिनुपर्नेछ ।’
प्रतिक्रिया लेख्नुहोस्:-