काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश काम कदापि नगर्ने बताएका छन् ।
आज (बुधबार) नेपाल पत्रकार महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने परिकल्पना देशले गर्न नसक्ने बताएका हुन्।
उनले सरकारले दक्षिण एशियामा प्रेस स्वतन्त्रताका निमित्त अग्रणी देशको रुपमा नेपाललाई परिचित गराउनेतर्फ अग्रसर बनेको बताए। मन्त्री कार्कीले संविधान प्रदत्त मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने नभइ हाल संशोधित नियमावलीलाई थप प्रभावकारी बनाउन मन्त्रालयले कदम अघि बढाएको स्पष्ट पारे। उनले प्रविधिको प्रयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाउनु अहिलेको माग भएको भन्दै सरकार त्यसतर्फ नै अगाडि बढेको दाबी गरे।
‘यो सरकार अभिव्यक्ति स्वतन्त्रता, हामीले बनाएको संविधानले परिकल्पना गरेको छ, त्यसलाई अरु मर्यादित गर्ने, त्यसलाई विकसित गराउने र अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पना पनि गर्न सक्दैन। म यति मात्र भन्न चाहन्छु, यो सरकार दक्षिण एशियामा प्रेस स्वतन्त्रताका निमित्त अग्रणी देशको रुपमा हामी परिचित गराउन चाहन्छौँ।’
प्रतिक्रिया लेख्नुहोस्:-