Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको अध्यक्षमा साहको उम्मेदवारी

फाल्गुन २६, २०७५ १२:०० मा प्रकाशित
एनआरएनए अमेरिकाको अध्यक्षमा साहको उम्मेदवारी
Share on FacebookShare on Twitter

अमेरिका ।

एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले शनिवार साँझ अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । गृह राज्य टेक्ससमा उम्मेदवारी घोषणा कार्यक्रमको आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्ने साहले सार्वजनिक गरेका हुन् ।

खचाखच भरिएको कार्यक्रम हलमा उनले आफूसँग कुनै चुनावी मुद्दा नभएको बताउँदै दुई वर्ष संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष र केही कामको सूचि रहेको बताए । अमेरिकामा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सिप, क्षमता, अनुभव र अनुसन्धानलाई नेपाल र नेपालीको हितमा जोड्न सुरु गरिएको कामलाई परिणाममुखी बनाउने उनले प्राथमिक एजेन्डाका रूपमा अगाडि ल्याए । बाहिर रहेको विज्ञता, सिप र पुजिलाई नेपालमा जोड्ने एनआरएनए आइसीसीले अभियान कै रूपमा चलाएको कार्यक्रम पनि हो । यसका लागि एनसीसीमा अमेरिका सबै भन्दा बढी सम्भावना भएको देश मानिन्छ ।

एनआरएनको हकहित र अधिकारका पक्षमा नेपाल सरकारसँग चलिरहेका छलफललाई सार्थक बनाउन र सम्झौतालाई कार्यान्वयन गर्ने पक्षमा एनआरएनए अमेरिकालाई आइसीसीको बलियो शक्तिको रूपमा उभ्याउने उनको अर्को एजेन्डा रहेको छ ।

विद्यार्थीको रूपमा आफू अमेरिका आएर एनआरएन भएको पृष्ठभूमि वाध्दै साहले भने “विद्यार्थीका समस्या भोगेको छु । बुझेको छु । त्यसमा कसरी सहयोग गर्न सकिन्छ भन्ने थाहा छ । उनीहरू भोलिका एनआरएन हुन ।” साहले अरू आप्रवासी नेपालीका समस्यामा सहयोग गर्ने संस्था एनआरएनए अमेरिका हो भन्ने बनाउन सक्दो प्रयास गर्ने बताए । उनले अमेरिकामा कार्यरत नेपाली सङ्घ संस्था मात्र नभई भारत, चिन, बङ्गलादेश, पाकिस्तान लगायत छिमेकी देशहरूले आप्रवासीका लागि गरेका कामबाट सिकेर अगाडि बढ्न सकिने एजेन्डामा उल्लेख गरेका छन् ।
अमेरिका भित्र नेपाल र नेपालीको पहिचान बलियो बनाउन सङ्गठित उपस्थिति र कार्यक्रम गर्नु पर्ने उनको धारणा रहेको छ । एनआरएनएका सबै च्याप्टरले स्थानीय सङ्घ, संस्था र नेपाली समुदायसँग मिलेर काम गर्दा परिणाम निकाल्न सकिने उनको विश्वास छ ।

संस्थालाई जबाफदेही, पारदर्शी र प्रविधि मैत्री बनाउने उनको घोषित लक्ष रहेको छ । साह पेसाले इन्जिनियर हुन् । उनी त्यसै पेसा र व्यवसायमा अमेरिकामा संलग्न छन् । यो कार्यकालमा अमेरिकामा रहेका नेपाली सङ्घ संस्था र एनआरएनए अमेरिकाका धेरै कार्यक्रममा सहभागी भएर सम्पर्क सञ्जाल निर्माण गरेका कारण साहलाई अध्यक्षका बलियो प्रत्यासीका रूपमा धेरैले लिने गरेका छन् ।

साह भन्दा अगाडि प्रवक्ता विनोद कुमार तिवारी, बोर्ड अफ डाइरेक्टर अर्जुन बनजाडे, बोर्ड अफ डाइरेक्टर सञ्जय थापा, पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्साल, पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले फेसबुकबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेतृत्वको लागि धेरैजनाको उम्मेदवारी आउनुलाई साहले स्वाभाविक रूपमा लिएको बताए । चुनावलाई लक्षित गरी कसैको चरित्र हत्या गर्ने, आधारहीन आरोप लगाउने काम नगर्न सबै प्रतिस्पिर्धिलाई उनले आग्रह गरे । स्वस्थ प्रतिस्पर्धा गरेर सबैले जित हारलाई सहज रूपमा लिनसक्नु पर्ने साहको भनाइ छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले साहलाई शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result