Wednesday, February 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना भाइरस कहरः न्युयोर्क लगायतका विद्यालय जुनसुकै बेला बन्द हुन सक्ने

फाल्गुन २८, २०७६ ३:०९ मा प्रकाशित
कोरोना भाइरस कहरः न्युयोर्क लगायतका विद्यालय जुनसुकै बेला बन्द हुन सक्ने
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
संसारभरी फैलिदै गएको महामारी कोरोना भाइरस डिजिज अर्थात कोभिड १९ को प्रभाव अमेरिकामा पनि बढ्दै गएपछि अमेरिकाभरी त्रास बढिरहेको छ । यसै विच कोरोना भाइरसको रोकथामको लागि सरकारी टास्क फोर्सका प्रमुख तथा उपराष्ट्रपति माइक पेन्सले कोभिड १९ को रोकथामलाई नियन्त्रण गर्न विद्यालय बन्द गर्नुपर्ने बताएका छन । उनले जतिसक्दो छिटो विद्यालय बन्द गर्ने निर्देशिका ह्वाइट हाउसले जारी गर्न सक्ने संकेत गरेका छन । यसको लागि गृहकार्य भइरहेको बताएका छन । विशेषगरी क्यालिफोर्निया, वशिङटन, फ्लोरिडा तथा न्युयोर्कमा समुदायमै कोरोना भाइरस फैलिरहेको विषयमा गम्भिरताका साथ कार्य गरिरहेको बताएका छन । उपराष्ट्रपति पेन्सले मंगलबारको नियमित ब्रिफिङमा सो कुरा उल्लेख गरेका हुन । पेन्सका अनुसार २४ घण्टाभित्रै त्यस्तो निर्देशिका जारी हुन सक्ने जसको लागि सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन अर्थात सिडीसीसंग सल्लाह गरी उसको मापदण्ड अनुसार नै निर्देशिका जारी हुन सक्नेछ । तर विद्यालय कति समयको लागि बन्द गर्ने भन्ने केही बताइएको छैन । यसैगरी न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोले अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएका छन भने न्युयोर्कका मेयर बिल डे ब्लाजिओले यदि कुनै पनि विद्यालयमा कोरोनाको प्रभाव देखिएमा तत्कालै विद्यालय बन्द गरी २४ घण्टाभित्र सरसफाइ गर्न निर्देशन दिएका छन । कोरोना भाइरसको प्रभाव रहेका एशीयाली मुलक चीन, जापान, कोरीया लगायतका स्थानमा विद्यालय लामो समयको लागि बन्द भएका छन ।


अमेरिकामा ३० जनाको मृत्यु, न्यु जर्सीमा एक जनाको मृत्यु
कोरोना भाइरसबाट लाग्ने रोग कोभिड १९ का कारण अमेरिकामा मंगलबार सम्ममा ३० जनाको ज्यान गइसकेको छ । क्यालिफोर्नीयाको स्क्रामेन्टो काउन्टीमा नर्सिङ सेवा लिइरहेका ९० बर्षीय व्यक्ति कोरोना भाइरसको रोगबाट ज्यान गुमाउने ३० औं व्यक्ति हुन । मंगलबार नै वशिङ्गटन राज्यमा एक ८० बर्षीय बिरामीको मृत्यु भएको थियो । त्यसैगरी न्यु जर्सीमा एक ६९ बर्षीय कोरोना भाइरसका बिरामीको मृत्यु भएको छ । न्यु जर्सीमा कोभिड १९ बाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन ।


इटली पुरै लक डाउन
कोरोना भाइरसको संक्रमण र मृत्युदर तिव्र रुपमा बढ्दै गएपछि इटली सरकारले पुरै देशलाई नै लक डाउन गरेको छ । १० हजार भन्दा धेरै मानिसहरु कोरोना भाइरसको कारण संक्रमित भएपछि इटलीले पुरै देशलाई नै बन्द गरेको हो । इटलीमा ६ सय ३१ जनाको ज्यान गइसकेको छ भने पछिल्लो २४ घण्टामा एक सय ६८ जनाकोे ज्यान गएपछि सरकारले पुरै मुलुकलाई नै लक डाउन गरेको हो । इटली चीन पछि सबैभन्दा धेरै प्रभावित मुलुक हो, मृत्युदरपनि निबै तिव्र गतिमा बढिरहेको छ । चीनमा ८० हजार भन्दा धेरैलाई कोरोना भाइरसले आक्रमण गरिसकेको छ, भने मृतकको संख्या तीन हजार भन्दा धेरै छ । त्यसैगरी इरानमा मृत्यु हुनेको संख्या दुई सय ९१ पुगेको छ भने दक्षिण कोरीयामा ५४ जनाको मृत्यु भएको छ ।
अमेरिका लगायत प्रभावित मुलुकहरुमा सार्वजनिक कार्यक्रमहरु रद्ध गरिएका छन भने मानिसहरुलाई सार्वजनिक स्थानमा सकेसम्म नजान आग्रह गरिएको छ । मानिसहरुलाई राम्रोसंग हात धुन, हातले नाक, मुख तथा आंखा नछुन अनुरोध गरिएको छ भने अल्कोहल मिश्रीत ह्याण्ड स्यानीटाइजर प्रयोग गर्न आग्रह गरिएको छ । यदि बिरामी भएको भए घरमै बस्न तथा चिकित्सकको सल्लाह लिन भनीएको छ । हाछिउं गर्दा तथा खोक्दा मुख छोपेर वा कुहिनोले छोप्ने सल्लाह दिइएको छ । बस तथा रेल जस्ता सार्वजनिक यातायातमा मानिसहरुको भिड कम भएको अवस्था पारेर यात्रा गर्न तथा जथाभावी नछुनपनि अनुरोध गरिएको छ ।
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

नविन के भट्टराईको शो : प्रोजेक्ट इन्टरटेनमेण्टको सबैभन्दा ठूलो  र सफल !
Breaking News

नविन के भट्टराईको शो : प्रोजेक्ट इन्टरटेनमेण्टको सबैभन्दा ठूलो र सफल !

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !
Breaking News

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन
Breaking News

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने  !
Breaking News

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result