Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना भाइरस कहरः न्युयोर्क लगायतका विद्यालय जुनसुकै बेला बन्द हुन सक्ने

फाल्गुन २८, २०७६ ३:०९ मा प्रकाशित
कोरोना भाइरस कहरः न्युयोर्क लगायतका विद्यालय जुनसुकै बेला बन्द हुन सक्ने
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
संसारभरी फैलिदै गएको महामारी कोरोना भाइरस डिजिज अर्थात कोभिड १९ को प्रभाव अमेरिकामा पनि बढ्दै गएपछि अमेरिकाभरी त्रास बढिरहेको छ । यसै विच कोरोना भाइरसको रोकथामको लागि सरकारी टास्क फोर्सका प्रमुख तथा उपराष्ट्रपति माइक पेन्सले कोभिड १९ को रोकथामलाई नियन्त्रण गर्न विद्यालय बन्द गर्नुपर्ने बताएका छन । उनले जतिसक्दो छिटो विद्यालय बन्द गर्ने निर्देशिका ह्वाइट हाउसले जारी गर्न सक्ने संकेत गरेका छन । यसको लागि गृहकार्य भइरहेको बताएका छन । विशेषगरी क्यालिफोर्निया, वशिङटन, फ्लोरिडा तथा न्युयोर्कमा समुदायमै कोरोना भाइरस फैलिरहेको विषयमा गम्भिरताका साथ कार्य गरिरहेको बताएका छन । उपराष्ट्रपति पेन्सले मंगलबारको नियमित ब्रिफिङमा सो कुरा उल्लेख गरेका हुन । पेन्सका अनुसार २४ घण्टाभित्रै त्यस्तो निर्देशिका जारी हुन सक्ने जसको लागि सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन अर्थात सिडीसीसंग सल्लाह गरी उसको मापदण्ड अनुसार नै निर्देशिका जारी हुन सक्नेछ । तर विद्यालय कति समयको लागि बन्द गर्ने भन्ने केही बताइएको छैन । यसैगरी न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोले अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएका छन भने न्युयोर्कका मेयर बिल डे ब्लाजिओले यदि कुनै पनि विद्यालयमा कोरोनाको प्रभाव देखिएमा तत्कालै विद्यालय बन्द गरी २४ घण्टाभित्र सरसफाइ गर्न निर्देशन दिएका छन । कोरोना भाइरसको प्रभाव रहेका एशीयाली मुलक चीन, जापान, कोरीया लगायतका स्थानमा विद्यालय लामो समयको लागि बन्द भएका छन ।

अमेरिकामा ३० जनाको मृत्यु, न्यु जर्सीमा एक जनाको मृत्यु
कोरोना भाइरसबाट लाग्ने रोग कोभिड १९ का कारण अमेरिकामा मंगलबार सम्ममा ३० जनाको ज्यान गइसकेको छ । क्यालिफोर्नीयाको स्क्रामेन्टो काउन्टीमा नर्सिङ सेवा लिइरहेका ९० बर्षीय व्यक्ति कोरोना भाइरसको रोगबाट ज्यान गुमाउने ३० औं व्यक्ति हुन । मंगलबार नै वशिङ्गटन राज्यमा एक ८० बर्षीय बिरामीको मृत्यु भएको थियो । त्यसैगरी न्यु जर्सीमा एक ६९ बर्षीय कोरोना भाइरसका बिरामीको मृत्यु भएको छ । न्यु जर्सीमा कोभिड १९ बाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन ।

इटली पुरै लक डाउन
कोरोना भाइरसको संक्रमण र मृत्युदर तिव्र रुपमा बढ्दै गएपछि इटली सरकारले पुरै देशलाई नै लक डाउन गरेको छ । १० हजार भन्दा धेरै मानिसहरु कोरोना भाइरसको कारण संक्रमित भएपछि इटलीले पुरै देशलाई नै बन्द गरेको हो । इटलीमा ६ सय ३१ जनाको ज्यान गइसकेको छ भने पछिल्लो २४ घण्टामा एक सय ६८ जनाकोे ज्यान गएपछि सरकारले पुरै मुलुकलाई नै लक डाउन गरेको हो । इटली चीन पछि सबैभन्दा धेरै प्रभावित मुलुक हो, मृत्युदरपनि निबै तिव्र गतिमा बढिरहेको छ । चीनमा ८० हजार भन्दा धेरैलाई कोरोना भाइरसले आक्रमण गरिसकेको छ, भने मृतकको संख्या तीन हजार भन्दा धेरै छ । त्यसैगरी इरानमा मृत्यु हुनेको संख्या दुई सय ९१ पुगेको छ भने दक्षिण कोरीयामा ५४ जनाको मृत्यु भएको छ ।
अमेरिका लगायत प्रभावित मुलुकहरुमा सार्वजनिक कार्यक्रमहरु रद्ध गरिएका छन भने मानिसहरुलाई सार्वजनिक स्थानमा सकेसम्म नजान आग्रह गरिएको छ । मानिसहरुलाई राम्रोसंग हात धुन, हातले नाक, मुख तथा आंखा नछुन अनुरोध गरिएको छ भने अल्कोहल मिश्रीत ह्याण्ड स्यानीटाइजर प्रयोग गर्न आग्रह गरिएको छ । यदि बिरामी भएको भए घरमै बस्न तथा चिकित्सकको सल्लाह लिन भनीएको छ । हाछिउं गर्दा तथा खोक्दा मुख छोपेर वा कुहिनोले छोप्ने सल्लाह दिइएको छ । बस तथा रेल जस्ता सार्वजनिक यातायातमा मानिसहरुको भिड कम भएको अवस्था पारेर यात्रा गर्न तथा जथाभावी नछुनपनि अनुरोध गरिएको छ ।
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
ट्रेन्डिंग न्यूज्

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएएको बाबुराम भट्टराईको खुलासा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान
Breaking News

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय
Breaking News

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
Breaking News

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा
Breaking News

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो
Breaking News

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएएको बाबुराम भट्टराईको खुलासा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएएको बाबुराम भट्टराईको खुलासा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.