Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकारी स्वास्थ्य संस्थामा बिरामीको आकर्षण

फाल्गुन २७, २०७४ ६:४५ मा प्रकाशित
Share on FacebookShare on Twitter

ललितपुर, २७ फागुन/ भौतिक पूर्वाधार, पर्याप्त जनशक्ति र सेवा हुँदा सरकारी स्वास्थ्य संस्थामा पनि बिरामीले उपचार गर्छन् भन्ने प्रमाणित भएको छ ।

निजी अस्पताल नजिकै रहेको महालक्ष्मी नगरपालिकास्थित लुभूमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीको संख्या वर्षेनी बढिरहेको छ । अघिल्लो वर्ष औषतमा ६० बिरामी उपचारका लागि केन्द्र आइपुगेको जनाइएको छ । यस वर्ष संख्या अझै बढ्ने अस्पतालका (स्वास्थ्य सहायक अर्जुन लाबदले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष एक वर्षमा जति बिरामी आएका थिए अहिले आठ महिनामा नै त्यति बिरामी उपचारका लागि यहाँ आइसकेका छन् ।”

केन्द्रमा अस्पतालमा जस्तै सबै उपचार सेवा र चिकित्सक हुनाले उपचारका लागि बिरामी आउने क्रम बढेको उहाँले बताउनुभयो । अस्पतालमा अहिले इन्टर्नसिपका लागि आएका समेत पाँच चिकित्सक कार्यरत छन् । सातामा एक पटक वीर अस्पतालका विशेषज्ञ चिकित्सकले पनि जाँच गर्छन् । केही वर्ष पहिलेसम्म केन्द्रमा आउने बिरामीको जाँच स्वास्थ्य सहायकले गर्थे । उहाँ भन्नुहुन्छ, “अहिले चिकित्सकले नै जाँच गर्ने भएकाले स्थानीयवासी र यहाँ अस्थायी रुपमा बसोबास गरेका दुवैखालका बिरामी बढेका छन् ।”

केन्द्रमा सबैभन्दा बढी ग्याष्ट्रिक र रुघाखोकी, ज्वरोजस्ता मौसमी समस्याका बिरामी आउने गरेका छन् । लुभू र आसपासका क्षेत्रमा रहेका साना–ठूला कारखानामा चोट लागेका बिरामी तथा रक्तचाप र नसर्ने रोगका बिरामी पनि उपचारका लागि आउने गर्छन् । केन्द्रमा चौबीसघण्टे सेवा लागू छ । गर्भवती जाँच र सुत्केरी हुनका लागि पनि यहाँ आउँछन् । उहाँ भन्नुहुन्छ, “यहाँ धेरैखालका रोगको उपचार हुने हुँदा बिरामीको चाप बढिरहेको छ ।”

केन्द्रमा एक वर्षमा झण्डै ४०० जना गर्भवती जाँचका लागि आउँछन् । अघिल्लो वर्ष एक वर्षमा ३० महिलाले यहाँ नै सन्तानलाई जन्म दिए । गर्भवती जाँचका तुलनामा सुत्केरी हुन आउनेको संख्या बढी छ । उहाँ भन्नुहुन्छ, “पहिले यहाँ जाँच गरेर सुत्केरी हुनका लागि अस्पताल जाने महिला धेरै छन् ।”

केन्द्रमा बिरामीको चाप भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयले सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधि पर्याप्त र समयमा उपलब्ध गराइरहेको लाबदले बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर जिल्लाले सजिलै दिएको छ र यातायातको पनि सहजताले गर्दा बिरामीले यहाँ सजिलै औषधि पाएका छन् ।” सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका औषधि निःशुल्क गरेको छ । केन्द्रले कुनै पनि सेवाका लागि बिरामीबाट शुल्क लिने गरेको छैन ।

लुभूबाट छोटो दूरीमा नै निजी अस्पताल पुग्न सकिन्छ । झण्डै आधा घण्टा गाडीमा हिँड्दा धेरै निजी अस्पताल भेटिन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ नभएका सेवा लिन र कोही ठूला अस्पताल नै जान चाहने मानिस मात्रै उता जान्छन् ।” सामान्य उपचारका लागिसमेत निजी अस्पताल पुग्नुपर्ने बाध्यता स्थानीयवासीलाई छैन । ललितपुरमा जिल्ला तहको अस्पताल सञ्चालनमा नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र नै सरकारी कार्यक्रम लागू गर्ने ठूला स्वास्थ्य संस्था बनेका छन् ।

कानूनी विभेदमा कुष्ठरोगी
सामाजिक विभेद भोग्दै आएका कुष्ठरोग प्रभावितहरु कानूनी रुपमा समेत विभेदमा परेका छन् । मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न–गराउन नहुने तथा विवाह बदर हुने र गर्न सकिने व्यवस्थाका कारण उनीहरु कानूनी विभेदमा परेका हुन् ।

अधिवक्ता डा रमेश पराजुली भेदभावविरुद्धको अधिकारको प्रत्याभूति यस्ता व्यवस्थाका कारण हुन नसक्ने बताउनुभयो । कानूनी व्यवस्था अझै पछि धकेलिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले हटिसकेको यो विषय नयाँ पारिवारिक कानूनमा थपिएको छ ।” बुझ पचाएर राज्यले कुष्ठरोग प्रभावितलाई विभेद गरेको उहाँ बताउनुहुन्छ ।

संविधान बन्ने क्रममा द लेप्रेसी मिसन संस्थाले सभासद्लाई बोलाएर सो विषयमा ध्यानाकर्षण गराएको आनन्ददवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । सभासद्हरु त्यसबारेमा सजग भए पनि बेवास्ता गरेको उहाँ बताउनुहुन्छ ।

“एकातिर कुष्ठरोग निको हुने रोग भन्ने र अर्कातिर विवाह गर्न नहुने र गरेमा रद्द हुने भनेर राज्यले दोहोरो चरित्र देखाएको छ”, उहाँले भन्नुभयो, “औषधिको सेवनपछि रोग नसर्ने हुँदा यो रोगबाट प्रभावितलाई विभेद गर्न हुँदैन ।” न् सरकारले सात वर्ष पहिले रोग निवारणको घोषणा गरे पनि वर्षेनी झण्डै तीन हजार कुष्ठरोगका नयाँ बिरामी देखिएका छन् । सञ्चिता घिमिरे /रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result