Wednesday, August 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पीडित युवतीको उपचार खर्च सरकारले व्यहोर्छ : मुख्यमन्त्री भट्ट

फाल्गुन २७, २०७४ ११:२५ मा प्रकाशित
पीडित युवतीको उपचार खर्च सरकारले व्यहोर्छ : मुख्यमन्त्री भट्ट
Share on FacebookShare on Twitter

धनगढी, २७ फागुन / प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ ।

सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराइरहेकी २० वर्षीया राधा चौधरीलाई आज भेटेर उनको स्वास्थ्य उपचारबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले पीडकलाई कानूनअनुसार कारबाही गरिने बताउनुभयो ।

“यो विकृति हो, यस्ता घटना दोहोरिन नदिन पीडकलाई कारबाही गर्नैपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।

यसैगरी सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले घोडाघोडी नगरपालिकाका प्रमुख एवं एमालेका नेता ममताप्रसाद चौधरीले उक्त घटनालाई गाउँमै मिलापत्र गराएर लुकाउन खोजेको भन्ने आरोपका सम्बन्धमा छानबिन गरी दोषी ठहर भएमा उहाँमाथि कारबाही गरिने बताउनुभयो ।

ती युवतीमाथि बिहीबार कुटपिट गरिएको थियो । गाउँमा धामीझाँक्रीको काम गर्दै आएका स्थानीयवासी रामबहादुर चौधरीले युवतीलाई बोक्सी लागेको भन्दै उपचारका क्रममा कुटपिट गरेका थिए । रामबहादुरसहित उनको झारफुकको काममा सघाउने सोही ठाउँकी कृष्णमति चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज उनीहरु विरुद्ध मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । भोले बाबाका नामले समेत चिनिने रामबहादुर गाउँमा लामो समयदेखि धामीझाँक्री (बैद्य)को काम गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी सहायक निरीक्षक दिनेश विष्टले त्यस दिन गाउँमा अचानक छ ÷सातजना युवतीमा बेहोस् हुने समस्या देखिएकोमा तीमध्ये दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पु¥याउनु परेको बताउनुभयो ।

रामबहादुरले बेहोस् भएकीमध्ये राधा चौधरीलाई झारफूक गरी निको पार्ने भन्दै झारफूकका क्रममा बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडित युवतीले बताएकी छन् । राधाको अवस्था खतारमुक्त रहेको छ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result