Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साना दलहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै, काँग्रेस प्रतिपक्षमा बस्ने

फाल्गुन २७, २०७४ १:१३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ फागुन / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले मुलुकको राष्ट्रिय एकता बलियो बनाउन र जनअपेक्षाअनुसारको आर्थिक समृद्धिका लागि वर्तमान सरकारलाई आफ्नो पार्टीको विश्वासको मत रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाएका माग सम्बोधन गर्न सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने आग्रह गर्नुभयो ।

विगतमा राजपा नेपालले उठाएको संविधान संशोधनको माग पूरा हुन नसकेको बताउँदै नेपालीलाई संविधानप्रति अपनत्व खोज्नका लागि अहिलेको सरकार दुई तिहाइ बहुमत भएकाले माग पूरा हुने अपेक्षा गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरीले संविधान संशोधनमार्फत समानुपातिक समावेशीको व्यवस्था पूर्ण कार्यान्वयनको माग गर्दै सरकारलाई आफ्नो पार्टीको विश्वासको मत व्यक्त गर्नुभयो ।

राजनीतिक स्थिरतापछि जनताले सुशासन र समृद्धि चाहेको बताउँदै उहाँले यसका लागि समाजवाद उन्मुख राजनीति र अर्थ व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र आर्थिक विकास र समृद्धि सम्भव छ भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले वर्तमान सरकारलाई आफ्नो पार्टीको विश्वासको मत रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

सांसद लिङ्देनले दृढ इच्छाशक्ति भए देश बनाउन कुनै पनि बहुमत र अल्पमतले रोक्न नसक्ने बताउँदै प्रधानमन्त्री ओलीलाई विगतका प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रधानमन्त्री ओलीको प्रतिबद्धता पूरा हुन सकेमात्र जनताका आशा भरोसा पूरा हुने बताउँदै सरकारलाई आफ्नो पार्टीको विश्वासको मत रहेको जाहेर गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकार राष्ट्रिय जनजीविकाको सवालमा सक्षम होस् भन्ने कामना गर्दै सरकारले युवालाई स्वदेशमा स्वरोजगारीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद पुष्पा भूसालले सरकारलाई लोकतन्त्र र मानवाधिकारका पक्षमा दृढताका साथ उभिन आग्रह गर्दै गुण र दोषका आधारमा सरकारका कामको समर्थन र विरोध गर्ने धारणा व्यक्त गर्नुभयो ।

काँग्रेसका सांसद गगन थापाले मुलुक समृद्धिका लागि व्यक्ति नभई सरकारका संरचना बलियो हुनुपर्ने बताउँदै सरकारका कमी कमजोरीप्रति खबरदारी गर्न काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले वाम गठबन्धनले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न अब केहीले रोक्न नसक्ने भन्दै त्यसलाई कार्यान्वयन गराउन पनि काँग्रेसले प्रतिपक्षीका हैसियतमा घच्घच्याइरहने छ भन्नुभयो ।

काँग्रेसका सांसद अतहर कमाल मुसलमानले सरकारबाट जनअपेक्षाअनुसारका काम भए नभएको खबरदारीका गर्न पनि काँग्रेस सशक्त प्रतिपक्षीका रुपमा रहने उल्लेख गर्नुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result