Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

फाल्गुन २८, २०७४ १२:५५ मा प्रकाशित
Share on FacebookShare on Twitter

चितवन, २८ फागुन / भरतपुर अस्पतालले आफँैले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ ।

दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार रु एक करोड ४६ लाखको लागतमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो ।

वार्षिक अक्सिजन खरिदमा रु ७० लाख हाराहारी खर्च हुने गरेकामा दुई वर्षमा खर्च हुने पैसाले प्लान्ट नै निर्माण गरिएको उहाँले बताउनुभयो ।

पाइपलाइनमार्फत अस्पतालका अक्सिजन आवश्यक पर्ने विभागमा आपूर्ति गरिएपछि सिलिण्डरमा निर्भर हुन नपर्ने भएको उहाँले बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार गतवर्ष स्वास्थ्यमन्त्री गगनकुमार थापा हुँदा नै बजेट विनियोजन भएको भए पनि बढी पैसा बोलपत्र हाल्नेले मुद्दा दिएपछि काममा ढिलाइ भएको बताउनुभयो ।

रु एक करोड ९२ लाख बोलपत्र हालेको कमलेश इन्टरप्राइजेजले रु एक करोड ४६ लाख टेण्डर हाल्ने टेक्निकल एशोसिएट्स सर्भिसेज प्रालिले प्रक्रिया नपु¥याएको भन्दै मुद्दा हालेपछि समयमै फैसला नहुँदा काममा केही ढिलाइ भएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

उहाँका अनुसार पूर्वमन्त्री थापाले अक्सिजन खरिद गर्ने पैसाले प्लान्ट नै निर्माण गर्न सकिने भएकाले तत्काल काम गर्न बजेटसहित निर्देशन दिनुभएको थियो । अस्पतालमा भर्ना भएका ६०० बिरामी, छ वटा शल्यक्रिया कक्षमा शल्यक्रिया गरेका बिरामी, २० वटा सघन उपचार कक्षमा रहेका बिरामी, १२ वटा शिशु सघन उपचार कक्षमा रहेका बिरामी, ६० शय्याको मेडिकल वार्ड र १५ शय्याको वृद्धवृद्धाको वार्डमा अक्सिजन आपूर्ति गरिएको उहाँले बताउनुभयो ।

अस्पतालका बायोमेडिकल इन्जिनियर लीलाम्बर चौधरीले अस्पताललाई २४ घण्टामा २४ हजार लिटर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले जडान गरेको प्लान्टबाट २४ घण्टामा सात लाख २० हजार लिटर उत्पादन हुने बताउनुभयो । यो प्लान्टबाट ५०० लिटर प्रतिमिनेट (३० एनएमक्यू प्रतिघण्टा) उत्पादन हुने चौधरीले बताउनुभयो ।

डेनमार्कको अक्सिमेट कम्पनीले उत्पादन गरेको यस प्लान्टबाट पाइपलाइन र सिलिण्डर दुवैमा ग्यास आपूर्ति एवं भर्न सकिनेछ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मरासिनीले जिल्लाका अन्य अस्पताललाई पनि अक्सिजन आपूर्ति गर्न सक्ने गरी उत्पादनको क्षमता रहेको बताउनुभयो । उहाँका अनुसार सरकारी तवरमा सम्भवतः काठमाडौँको वीर अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि भरतपुर अस्पतालमा प्लान्ट जडान भएको हो ।

कतिपय अस्पतालले बिरामीसँग अक्सिजन शुल्क लिने गरेको भए पनि भरतपुर अस्पतालले यसअघि पनि शुल्क नलिएको र अब पनि लिनुनपर्ने भएको मरासिनीले बताउनुभयो । हावामा अक्सिजन, नाइट्रोजन र अन्य ग्यास हुने गर्छ । अन्य ग्यासलाई हटाएर अक्सिजनमात्र बाहिर निकाल्ने प्रेसर स्विङ एडजप्सन प्रविधिबाट अक्सिजन ग्यास बाहिर निकाल्ने गरिन्छ ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result