काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले एक वर्षमा तीन पटक विश्वासको मत लिने प्रधानमन्त्री नै अस्थिरताको कारक भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले सामान्यतया गठबन्धनको नेतृत्व गरेको व्यक्तिका कारण भन्दा पनि अन्य दलका कारण गठबन्धन भत्कने देखिएको तर अहिले प्रधानमन्त्रीकै कारण तीन पटक गठबन्धन परिवर्तन भएको अवस्थामा अहिलेको गठबन्धन पनि स्थिर हुन्छ भनेर भन्न नसकिने धारणा राखे । उनले सदनमा कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-