Monday, May 29, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रमुख संरक्षकले बोलाएको अधिवेशन विधानसम्मत छ : डा. श्रेष्ठ

फाल्गुन ३०, २०७८ १२:०० मा प्रकाशित
प्रमुख संरक्षकले बोलाएको अधिवेशन विधानसम्मत छ : डा. श्रेष्ठ
Share on FacebookShare on Twitter

काठमाडौं (जीएनएन)  गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्व सल्लाहकार एवं अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा. बलराम श्रेष्ठले संघका प्रमुख संरक्षक शेष घलेले संस्था जोगाउन महाधिवेशनको मिति घोषणा गर्ने काम विधानसम्मत भएको बताएका छन् । जीएनएनसंग कुरा गर्दै डा. श्रेष्ठले कामचलाउ वर्तमान समितिले कानुन विपरित काम गरिरहेकाले प्रमुख संरक्षकले विधानले दिएको जिम्मेवारी बमोजिम चालेको उक्त कदम विधानसम्मत रहेको स्पष्ट पारे।

एनआरएनका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक घलेले यही मार्च २२ देखि २५ सम्म संघको महाधिवेशन गर्न समिति समेत गठन गरिसकेका छन् । यसले वैधानिकता पाउने नपाउने भन्ने विषयमा कानुनका ज्ञाता डा श्रेष्ठले संस्थालाई कानुन विपरित सञ्चालन गरिएकाले विधान अनुसार संरक्षक परिषद्ले नै काम गर्नुपर्ने बताए । ‘संस्थाभित्रै विवाद मिलाउनु पर्नेमा कामचलाउ बनेको समितिका नेतृत्व एवं जिम्मेवार व्यक्तिले नै संस्था विभाजन गर्न तिर लागेको देखिन्छ । संस्थामा विवाद बढ्दै गएको र विभाजनको संघारमा पुगेकाले हुनाले संस्थामा संरक्षक परिषद्ले एकताको लागि यो अधिवेशन गर्न लागेको हो । यसलाई सबैले सहयोग गर्नुपर्छ,’ श्रेष्ठले भने ।

झन्डै १,००० फर्जी मतदाता कानूनविद् डा. श्रेष्ठले उच्चस्तरीय समितिले दिएको जिम्मेवारी अनुसार उपाध्यक्ष सोनाम लामा नेतृत्वको समितिले छानबिन गर्दा झन्डै १,००० प्रतिनिधिहरुको नाम गैरकानूनी रुपमा समावेश गरिएको स्मरण गरे। उच्चस्तरीय समितिका संयोजक शेष घलेले निर्वाचन समितिसमक्ष दावी विरोध गर्दै झन्डै २,६०० प्रतिनिधि मात्र महाधिवेशनमा भाग लिन वैध रहेको जनाएका थिए। तर समितिले उक्त दावी विरोधको कुनै सुनुवाई नै नगरे पछि संघका प्रमुख संरक्षक घलेले निर्वाचन समिति नै पुनर्गठन गरेका छन्। “कामचलाउ अध्यक्ष पन्तले निर्वाचन समितिलाई तिनै फर्जी प्रतिनिधिहरुको नाम राखेर मतदाता नामावली पठाएको र अधिवक्ता भीमसेन बन्जारा नेतृत्वको निर्वाचन समिति सोही सूची अनुसार निर्वाचन कार्यक्रम अगाडी बढाएकाले उक्त निर्वाचन स्वत: बदरभागी छ। परराष्ट्र मन्त्रालय र अदालतले पनि उक्त निर्वाचनलाई मान्यता दिने कुनै सम्भावना छैन,” डा. श्रेष्ठले भने। ‘वैधानिकता सकिसकेको कामचलाउ समितिले विवाद मात्र सिर्जना गरिरहने र संस्था विभाजनतर्फ उद्यत भैरहेको देखिन्छ ।

तीनचार महिनामा पाँचपटक भन्दा बढी निर्वाचन सार्ने, एमआइएस सिस्टमको दुरुपयोग गर्ने, इमेल परिवर्तन गर्ने जस्तो कानुन विपरित काम भैरहेको छ । केही मान्छेहरुको अहंकारलाई टेवा दिएर कसैले सहयोग गर्नु हुँदैन,’ उनले भने । प्रमुख संरक्षकले आह्वान गरेको अधिवेशन नै मूल अधिवेशन भएकाले त्योभन्दा बाहेक अन्य कसैले पनि गरेको कामलाई निरुत्साहित गर्नुपर्ने कानुनविद् श्रेष्ठको भनाइ छ । यस अघि गत मार्च ६ मा बसेको संघका निर्वाचित ६५ मध्ये ४५ भन्दा बढी राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुको बैठकले संस्थाको रक्षा गर्न र एकजुट पार्न आवश्यक सबै कदम चाल्न प्रमुख संरक्षक घलेलाई म्यान्डेट दिएको थियो । संस्थामा चरम विवाद भै विभाजनको संघारमा पुगेकाले गैर आवासीय नेपाली संघको विधान २००३ (संशोधन सहित २०२१) को दफा १६.१.४ बमोजिम संरक्षक परिषदले एनसीसीका अध्यक्षहरूको भेला बोलाउन सक्ने व्यवस्था भएको श्रेष्ठले बताए । त्यही व्यवस्था बमोजिम संरक्षक परिषदको अध्यक्षले बाहेक अरुले भेला बोलाउन नसक्ने उनको भनाई छ ।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति बनाउनु परेकाले त्यसलाई पुनर्गठन गर्नु कानुनसम्मत रहेको उनले बताए । ‘आगामी महाधिवेशन र चुनावका लागि छुट्टै निर्वाचन समिति बनेको होइन । सुरुको निर्वाचन समितिलाई पुनर्गठन गरिएकाले विधानसम्मत नै छ’ श्रेष्ठले भने । ’विधानको दफा १६ लाई कहिँकतै गए पनि होइन भन्न सकिदैंन । यो बाहेक अरु विकल्प पनि छैन । त्यसैले संरक्षक परिषदले गरेको अधिवेशन नै वैधानिक हुन्छ । अरु कसैले समानान्तर अधिवेशन गरे पनि वैधानिकता पाउन सक्दैन,’ श्रेष्ठले भने ।

सम्बन्धित समाचार

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत
Breaking News

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक
Breaking News

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली
Breaking News

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर
ट्रेन्डिंग न्यूज्

रेशम चौधरीको कैद मिनाहा

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट
Breaking News

भारत भ्रमणमा कालापानीको विषय उठाउन सुझाव

रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
मुख्य समाचार

देशमा भ्रष्टहरूको अन्त्य नभएसम्म विश्राम नलिने सभापति लामिछानेको उद्घोष

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.