Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्थानीय तहले शिक्षक नियुक्त गर्न सक्छ : सचिव थपलिया

फाल्गुन ३०, २०७४ १०:५१ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० फागुन / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहले रिक्त स्थानमा प्रक्रियाबमोजिम सामुदायिक विद्यालयका लागि शिक्षक नियुक्ति गर्नसक्ने बताउनुभएको छ ।

शिक्षा पत्रकार समूहले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो —“बालबालिकाको गुणस्तरीय र निरन्तर पढाइ सरकारको मुख्य चासो हुने भएकाले स्थानीय सरकारले स्थायी शिक्षक पूर्ति नहुञ्जेल अस्थायी नियुक्त गर्न सक्छ ।”

सचिव थपलियाले आउँदो चैत मसान्तभित्र जिल्ला शिक्षा कार्यालय खारेज हुने र त्यसका सम्पत्ति र कार्यक्षेत्र स्थानीय तहमा हस्तान्तरण हुने बताउँदै तलब खाएर नपढाउने र अन्यत्र काम गर्ने शिक्षकलाई स्थानीय सरकारले कारबाही पनि गर्न सक्ने स्पष्ट गर्नुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले स्थानीय स्वायत्त शासन ऐनअनुसार शैक्षिक कामको क्रमशः हस्तान्तरण र सहजीकरण भइरहेको जानकारी दिनुभयो ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले संघीयताका कार्यान्वन गर्दै गुणस्तरीय शिक्षालाई ध्यानमा राखिनुपर्नेमा जोड दिनुभयो । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष ओम श्रेष्ठले आफूहरुले प्रक्रिया मिलाएर शिक्षक नियुक्ति गर्न थालेको जानकारी दिनुभयो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले आफूहरुलाई समावेश नगरी शिक्षा सम्बन्धी काम नगर्न सम्बन्धीत निकायसंग आग्रह गर्नुभयो । रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result