Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

२०० वर्ष पुरानो मन्दिर शिलान्यास

फाल्गुन ३०, २०७४ ३:५० मा प्रकाशित
Share on FacebookShare on Twitter

मानेश्वाँरा, सिन्धुपाल्चोक, ३० फागुन / भूकम्पले क्षतिग्रस्त करीव २०० वर्ष पुरानो गोल्मा भीमेश्वर मन्दिरको पुनःनिर्माणका लागि आज बाह्रबीसे नगरपालिका–८, मानेश्वाँरामा शिलान्यास गरिएको छ ।

चालु आवमा रु १५ लाख रकम विनियोजन गरी पुरातत्व विभागले परम्परागत सुर्खी र चुना प्रयोग गरी पेगोडा (छानेशैली)मा बनाउन लागेको मन्दिरमा नेपाल तिब्बत युद्धका बेला जंगबहादुर राणाले पूजाआजा गरेको प्रमाण भेटिएको बताइएको छ ।

मन्दिरको आज प्रदेश नं ३ का उद्योग, पर्यटन तथा वनमन्त्री अरुण नेपाल, प्रदेशसभा सदस्य रमेश पौडेल, विश्व हिन्दू महासंघ नेपालका सभापति नीलप्रसाद भण्डारी, स्वामी दीनदयालजी महाराज, राष्ट्रिय धर्मसभाका धर्मराज बराल, बाह्रबीसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिन, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गौरीशंकर नेपाल, समाजसेवी अम्बिका नेपाललगायतले सामूहिक शिलान्यास र पूजा गर्नुभयो ।

सो अवसरमा प्रदेश नं ३ का उद्योगमन्त्री नेपालले सिन्धुपाल्चोकको बाह्रबीसेदेखि रसुवाको भैरवकुण्डसँग बाटो निर्माण गरी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकका उपप्रमुख पाख्रिनले नगरपालिकाले मन्दिर बनाउन सहयोग गर्ने बताउँदै घुमथान–राम्चे–मानेश्वाँरा १३ किमी बाटो कालोपत्रे गरिने जानकारी दिनुभयो ।

हिन्दू महासंघका सभापति भण्डारीले करीब ९६ प्रतिशत ॐकार परिवारका मानिस रहेको नेपालमा हिन्दूधर्मले सबैलाई समान व्यवहार गर्ने बताउँदै मन्दिरका लागि महासंघले सहयोग गर्ने वचन दिनुभयो ।

स्वामी दीनदयालले मानेश्वाँरालाई धार्मिक पर्यटकीयस्थल बनाउन सुझाव दिनुभयो । मन्दिरका आजीवन संरक्षक बरालले मन्दिर क्षेत्रमा धर्मशाला एवं सत्तल बनाई हिन्दू धर्म, संस्कृतिका बारेमा दिनहुँ अन्तक्र्रिया गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पौडेल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गौरीशंकर, बाह्रबीसे–८ का वडाध्यक्ष सुरज लामा, नेकपा (माओवादी)का पोलिटब्यूरो सदस्य सरल सहयात्री, साहित्यकार डा शैलेन्दुप्रकाश नेपाल, तत्कालीन जिविस सदस्य भक्तबहादुर नेपाली, अच्यूत नेपाललगायतले मन्दिर निर्माण गरी सो क्षेत्रमा महायज्ञ गरी धार्मिक पर्यटकीयस्थल बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result