Thursday, May 19, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बिहीबारदेखि २० वर्ष पुराना सवारी गुड्न नपाउने

फाल्गुन ३०, २०७४ ३:५४ मा प्रकाशित
बिहीबारदेखि २० वर्ष पुराना सवारी गुड्न नपाउने
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० फागुन / सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ ।

बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत १ गते बिहीबारदेखि गुडे समातेर राखिने राससलाई जानकारी दिनुभयो । २० वर्ष पुराना सवारी गुडाएमा समातेर कानूनी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको उहाँले सुनाउनुभयो ।

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएकामा थोरै सवारीले मात्र बुझाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् ।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।

यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनताको सेवा रोक भन्न नसकिने बताउँदै २० वर्ष पुराना सवारी नरोकिने जनाएको छ ।

मन्त्रिपरिषद्ले २०७१ भदौ २६ गते दुई वर्षभित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेको थियो । यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिलाइ भयो ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले बताउनुभयो ।

हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक विभागसँग छ । रासस

सम्बन्धित समाचार

एमालेका उम्मेदवार केशव स्थापितले मागे माफी
ट्रेन्डिंग न्यूज्

एमालेका उम्मेदवार केशव स्थापितले मागे माफी

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर
ट्रेन्डिंग न्यूज्

वैशाख ३० गते आन्तरिक यातायातका साधन बन्द गरिने

बैशाख ३० गते  आन्तरिक उडान बन्द हुने
ट्रेन्डिंग न्यूज्

बैशाख ३० गते आन्तरिक उडान बन्द हुने

सहकार्य र एकता नै आजको आवश्यकता हो : प्रचण्ड
ट्रेन्डिंग न्यूज्

चुनावी सभालाई सम्बोधन गर्न पोखरा जाँदै प्रचण्ड

केपी ओलीले अत्याचार गरेपछि यो गठबन्धन बनेको प्रधानमन्त्री देउवाको दावी
Breaking News

केपी ओलीले अत्याचार गरेपछि यो गठबन्धन बनेको प्रधानमन्त्री देउवाको दावी

बे एरियामा दुईदिने ध्यान साधना हुदै
Breaking News

बे एरियामा दुईदिने ध्यान साधना हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.