स्यानफ्रान्सिस्को
मार्च १४
लामो समयमेखि क्यालिफोर्निया स्यानफ्रान्सिस्को बे एरिया बसोवास गर्ने प्रसिद्ध युवा व्यवसायी अनिलवावु अर्याललाई पितृशोक परेको छ ।
व्यवसायी अर्यालको पिता स्व लक्ष्मणवावु अर्यालको ६४ बर्षको अल्पआयुमै गत बुधवार उपचारको क्रममा निधन भएको उनको परिवारले जनाएको छ । स्व अर्याल नेपाल प्रहरीको सेवावाट निवृत्त राष्ट्रसेवक कर्मचारी हुन् । अर्याललाई स्वास्थ्य परीक्षणको क्रममा २ महिना अघि प्यानक्रियाटिक क्यान्सर देखिएको नेपालको प्रहरी अस्पताल, ओम अस्पताल, मेडिसिटी अस्पताल र बि एण्ड बिलगायतका अस्पतालमा उपचार गरिएको थियो । नेपाल प्रहरी सेवाट निवृत्त भएपछि स्व अर्याल सामाजिक कार्यमा सकृय थिए । स्व अर्यालका कान्छा छोरा सुनील बावु अर्याल पूर्वान्चल विश्वविद्यालयका नेविसंघका पूर्व सभापति हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-