Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कापी कलम समाउने हात इँट्टा बनाउँदै थाक्छ

चैत्र १, २०७४ १२:४८ मा प्रकाशित
कापी कलम समाउने हात इँट्टा बनाउँदै थाक्छ

OF6f e§fdf afn >lds eQmk'/sf] emf}v]nl:yt OF6f e§fdf sfd ub}{ ;Nofg sk'/sf]6 gu/kflnsf–^ sf !! jifL{o ;'lgn s'jF/ . t:jL/ M /d]z lu/L, eQmk'/, /f;;

Share on FacebookShare on Twitter

भक्तपुर, १ चैत / एघार वर्षीय सुनिल कुँवर इँट्टा बनाउने साँचो निकै छिटो चलाउँछन् । हातमा कापी कलम समाएर पढ्ने, लेख्ने उमेरको हात भक्तपुरको झौखेलस्थित एक इँट्टा भट्टामा परिवारसँगै इँट्टा बनाउँदा र इँट्टा पल्टाउँदैमा थाक्छ ।

कानमा ठूलो मुन्द्रा, जगेल्टे कपाल बनाएका कुँवर इँट्टा बनाउने साँचोमा बालुवा हाल्छन्, भुइँमा ढ्वाक ढ्वाक दुई पटक बजार्छन् अनि हिलो माटो उचालेर साँचोभित्र बेस्सरी हाल्छन्, त्यसलाई तारले सिधा पारेर काट्छन र भुइँमा घोप्ट्याउँछन् । अनि तयार हुन्छ एउटा इँट्टा ।
ल्यान कपुरकोट नगरपालिका–६ घर भई परिवारसँगै इँट्टाभट्टामा आएका उनी यसैगरी एक मिनेटमा कम्तीमा एक वटा इँट्टा बनाउँछन् । यो उनको दिनचर्या हो । भक्तपुरका ६२ वटा इँट्टाभट्टामा यस्ता सयौँ बालबालिका यसैगरी बिहानैदेखि आफ्नो खलोमा गएर इँट्टा बनाउने र साँझ इँट्टा पल्टाउने काममा व्यस्त रहन्छन् ।

“कापी किताब पल्टाउनभन्दा इँट्टाको साँचो पल्टाउनै सजिलो लाग्छ मलाई त ? पढ्नै मन लाग्दैन,” उनी हाँसी हाँसी भन्छन्, “इँट्टा पार्दा, इँट्टा पल्टाउँदा हात त थाक्छ नि, राति झ्यालीमा गयो, भुक्लुक्क सुत्यो ।” ३८ वर्षीय आमा लक्ष्मी कुँवरको चार सन्तान छन् । चौध वर्षमा विवाह गर्नुभएकी उहाँको जेठो छोरा र बुहारी इँट्टा बोक्छन्, १५ वर्षीया छोरी सरिता पनि इँट्टा बोक्छिन्, काखमा तीन वर्षकी छोरी बोकेर उहाँ पनि श्रीमान्सँगै इँट्टा बनाउनै व्यस्त हुनुहुन्छ । “बा–आमा र भाइ इँट्टा पार्छन्, म र दाइभाउजू इँट्टा बोक्छम, कमाई कति हुन्छ, मलाई थाहा छैन, हिसाब बा ले राख्छन्”, १५ वर्षीया सरिता भन्छिन्, “गाउँमा ३ कक्षासम्म पढेकै हो, त्यसपछि बा, आमासँगै यतै आइयो, अचेल पढ्न मन लाग्दैन, यहीँ इँट्टा बोक्नै रमाईलो लाग्छ ।”

भक्तपुर जिल्लालाई सन् २०१८ भित्र बालश्रम मुक्त जिल्ला घोषणा गर्ने अभियानलाई इँट्टाभट्टाका यिनै बालबालिकाले चुनौती दिइरहेका छन् । रामेछाप फर्कश्वारबाट भक्तपुरको सुडालस्थित एक इँट्टाभट्टामा काम गर्न आएका १२ वर्षीय इनोद तामाङले पनि पढ्न छाडे । बाबुआमा नभएपछि काकासँग गाउँमा बस्दै आएका उनी इँट्टाभट्टाका नाइकेसँग यहाँ काम गर्न आएका हुन् । “पढ्न त मन लाग्थ्यो, काकाले स्कूल नपठाउनु भएर, घरकै काम गर्नुभन्दा नाइकेले इँट्टाभट्टामा काम गर्न जाम भनेपछि यतै आए, अहिले इँट्टा पारेर दिनको २०० कमाउँछु,” उनी भन्छन्, “अब पढ्दिन, गाउँ पनि जान्न, भट्टा बन्द भएपछि अन्तै काम खोज्छु ।”

किताब कापीले भरिएको झोला बोक्ने काँधमा दैनिक इँट्टा बोक्छिन् १४ वर्षीया रीता कुँवर । झौखेल भैरब चिम्नी इँट्टा उद्योगमा इँट्टा बोक्ने उनी भन्छिन्, “एक पटकमा २२ वटा इँट्टा बोक्छु, दिनमा एक हजारदेखि १५ सयसम्म इँट्टा बोक्छु, इँट्टा बोकेर दिनमा ३०० कमाउँछु ।” कमाई ३०० भए पनि खर्च उत्तिकै हुने बताउने कुँबर भन्छिन्, “अब त पढ्दिन, यतै साथीसँग रमाइलो लाग्छ, किताबको चाङ बोक्न सजिलो भए पनि मन त इँट्टा बोक्नै लाग्छ ।” यो इँट्टाभट्टामा मात्रै २० भन्दा बढी बालबालिका इँट्टा बोक्न व्यस्त देखिन्छन् । हेर्दा सानै देखिने बालबालिकालाई अपरिचित व्यक्तिले उमेर सोधे १८ वर्ष भन्छन् । इँट्टाभट्टाका मालिकले नै उमेर बढाएर भन्न सिकाउने गरेको बालबालिकाका परिवार बताउँछन् ।

इँट्टा व्यवसायी भने सकेसम्म बालबालिकालाई काममा नलगाउने बताउँछन् । आमाबाबुसँग आएका बालबालिकालाई उनकै परिवारले काममा लगाउने गरेको सञ्चालकको दाबी छ । इँट्टाभट्टामा विशेषगरी नाइकेले नै बालबालिकालाई श्रमका लागि इँट्टाभट्टामा ल्याउने गरेको सञ्चालक बताउँछन् । इँट्टाभट्टा सञ्चालकले तोकेको नाइकेले गाउँबाट काम गर्ने मजदुर ल्याउने ठेक्का पाउँछ, त्यसै अनुसार नाइकेले बालश्रमिकसमेत ल्याउने गरेको सञ्चालक बताउँछन् । मजदुर ल्याएबापत नाइकेले प्रतयेक मजदुरबाट मासिक रुपमा कमिसनसमेत पाउने गर्छ ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result