Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डंगर गिद्धले ६ बच्चा कोरल्यो

चैत्र २, २०७४ ११:५० मा प्रकाशित
Share on FacebookShare on Twitter

चितवन, २ चैत / चितवन राष्ट्रिय निकुञ्जस्थित गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले ६ वटा बच्चा कोरलेका छन् ।

यस वर्षको सिजनमा १८ अण्डा पारेको डंगर गिद्धले ६ वटा मात्रै बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काकाअनुसार चारवटा गिद्ध ओथारो बसिरहेको भए पनि थप चल्ला कोरल्ने सम्भावना कम छ । यसवर्ष गिद्धले पारेका तीन वटा अण्डा फुटेको थियो भने दुई वटा भूइँको बालुवामा पारेको थियो । बाँकी अण्डा मात्रै ओथारो बसेका कारण कम चल्ला निस्किएको खड्काले बताउनुभयो ।

गुँड बाहिर पारेको अण्डा ओथारो नबस्ने भएकाले ती अण्डा र गुँडबाट खसेर अण्डा फुटेका कारण क्षति भएको उहाँले बताउनुभयो ।

गतवर्ष गिद्धले १५ वटा अण्डा पारेका थिए । ती अण्डाबाट नौ वटा चल्ला कोरलिएको थियो । नोभेम्बर र डिसेम्बर महिनामा अण्डा पार्ने भए पनि गिद्धले यस वर्ष केही छिटो अण्डा पारेको थियो ।

खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्ध रहेका छन् । केन्द्रमा २५ वटा भाले र २४ वटा पोथी गिद्ध रहेको खड्काले जानकारी दिनुभयो । आठ वटा बच्चाको लिंग पहिचान हुनसकेको छैन । गतवर्ष कोरलिएको नौमध्ये एउटा बच्चा मरेको थियो । गिद्धको डिएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउने गरिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो । यहाँ संरक्षण गरी हुर्किएका गिद्धलाई क्रमशः प्रकृतिमा छोड्ने गरिएको छ । गतवर्ष ६ वटा गिद्धलाई नवलपरासीको जटायु रेस्टुराँमा राखेर प्रकृतिमा छाडिएको छ । थप पाँचवटा गिद्ध प्रकृतिमा छोड्नका लागि तयारी गरी राखिएको छ ।

सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो । यद्यपि ढिलागरी सन् २०१६ मा छाड्ने भनिएको छवटा गिद्ध गत वैशाख २ गते जटायु रेस्टुराँमा राखी केही महिना अघि प्रकृतिमा छाडिएको छ ।

अति संकटापन्न अवस्थामा रहेको डंगुर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ । विश्वमानै पहिलोपटक प्रकृतिमा लोप हुनलागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न थालिएको हो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result