Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

घरबासमार्फत समृद्धि खोज्दै हिमालपारिको ताचै गाउँ

चैत्र २, २०७४ १२:५५ मा प्रकाशित
घरबासमार्फत समृद्धि खोज्दै हिमालपारिको ताचै गाउँ

tfr} ufpFsf :yfgLo dgfªsf] gf;f}F ufpkflnsf–* tfr} ufpFdf xf]d:6] -3/af;_ sfo{qmd ;~rfngsf nflu kf]v/fsf] cGt/fli6«o kj{tLo ;+u|xfnonufot ljleGg If]qsf] :ynut e|d0fdf lg:s]sf tfr} ufpFsf :yfgLojf;L . t:jL/ M xl/ jf:tf]nf, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

पोखरा, २ चैत (रासस हिमालपारिको जिल्ला मनाङको नासौँ गाउँपालिका–८ स्थित ताचै गाउँमा होमस्टे (घरबा¬स) कार्यक्रमका माध्यमबाट आर्थिक समृद्धितर्फ लम्कने तयारी गरिएको छ ।

समुद्री सतहबाट लगभग दुई हजार ३०० मिटरको उचाइमा अवस्थित रमणीय ताचै गाउँमा घरबास सञ्चालन गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी त्यहाँको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासीले तयारी थालेका हुन् ।

“गाउँका कूल ६२ वटा घरमध्ये पहिलो चरणमा २६ वटा घरमा ५२ जना पाहुना राख्न सक्ने क्षमता तयार गरिसकेका छौँ,” ताचै होमस्टे सञ्चालक समितिका अध्यक्ष याद घलेले भन्नुभयो, “आवश्यकताअनुसार यसलाई विस्तार गर्दै जाने सोच राखेका छौँ ।”

घरबास कार्यक्रमलाई प्रभावकारी तुल्याउन त्यसको व्यवस्थापनका लागि थप जानकारी लिन स्थलगत अवलोकनको लक्ष्यका साथ बाजेदेखि नातिसम्मका तीनपुस्ता पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेको उहाँले बताउनुभयो ।

स्थलगत भ्रमणमा निस्केको ताचै गाउँका तीन पुस्ते ३३ जना स्थानीयवासीमध्ये घरबास सञ्चालनको तयारी गरेका २६ घरधुरीका एक÷एक जनाको सहभागिता रहेको उहाँले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार टोलीले लमजुङको बँेसीशहर नगरपालिका–३, काउलेपानी, स्याङ्जाको दरौँ सिरुबारी, चितवनको सौराहा, पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयसहित आसपासका पर्यटकीयस्थल पुगेर होमस्टेका बारेमा व्यावहारिक ज्ञान हासिल गरेको छ ।
ताचैमा आउने पाहुनालाई जंगलमा उत्पादित प्रांगारिक च्याउको स्वाद चखाउने आफूहरूको योजना रहेको ताचै आमा समूहका अध्यक्ष योगमाया गुरुङले बताउनुभयो ।

लामो समय लगाएर गाउँकै बारीमा उत्पादित प्रांगारिक मकै, भटमास, फापर तथा उवाको ढिडो, सिस्नो, सिमी, आलु, टिमुर, गुन्दु्रक, दाल तथा तरकारी एवं लोकल कुखुराको मासुलगायतका परिकार होमस्टेमा खाने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

“ताचै गाउँ अत्यन्त रमणीय स्थानमा छ,” उहाँले भन्नुभयो,“ यहाँबाट अन्नपूर्ण, लमजुङ र मनास्लु हिमशृंखलाको एकसाथ अवलोकन गर्न सकिन्छ भने सूर्योदयको अवलोकन पर्यटकका लागि मन लोभ्याउने खालको छ ।”

गाउँमा आउने पाहुनाका लागि आवश्यक बसोबासको राम्रो प्रबन्ध गर्ने तयारीमा स्थानीयवासी जुटेको जानकारी दिँदै गुरुङले होमस्टे सञ्चालक समितिको निर्णयअनुसार गाउँमा आउने पर्यटकका लागि एक दिनको खाना, नास्तासहित बसेको प्रतिव्यक्ति रु एक हजार लिने गरिएको छ ।

पाहुनाले अन्य खानेकुरा थप खाएमा त्यसको अतिरिक्त रकम लाग्ने उहाँले जानकारी दिनुभयो । वर्षाको समयमा जंगलबाट ल्याएको आलो च्याउको सुकुटी बनाएर राख्ने र हिउँद लागेपछि गाउँमा आउने पाहुनालाई तरकारी बनाएर खुलाउने होमस्टेको योजना रहेको उहाँले बताउनुभयो ।

आगन्तुक पाहुनालाई गाउँकै घरबारीको छेउमा फुलेको फूलको माला लगाउँदै आत्मीय स्वागतका साथ सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिने सञ्चालक समितिको तयारी छ ।

मनाङ जिल्लाकै अन्न भण्डारका रुपमा परिचित ताचै गाउँमा घरबास कार्यक्रममार्पmत पर्यटन प्रवद्र्धन गरी थप आयआर्जनमा जोड दिइने योजना रहेको नासौ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो ।

आगन्तुक पाहुनाका लागि खाना र बसोबासको राम्रो व्यवस्था भइसकेको बताउँदै उहाँले याम शुरु भएसँगै होमस्टेका सम्बन्धमा प्रचारप्रसार गरी पाहुनाको आकर्षण बढाउने अभियान गाउँपालिका र प्राकृतिक संरक्षण कोष (एक्याप)ले गरेको छ ।

लमजुङ जिल्लाको बेँसीशहरबाट लगभग ४५ किलोमिटर कच्ची मोटरबाटो हुँदै पुगिने ताचै गाउँबाट लमजुङ र डाँफे हिमाल आँखाको सामुन्ने देखिन्छ भने थन्चे, तिमाङ, बगरथाप, धारापानी, घेलानचोक, सिप्लुलगायतका रमणीय गाउँ तथा थुङरोप्ली र फोप्चे झरना आदि यहाँका पर्यटकीय आकर्षण हुन् ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result