Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्थानीयवासीलाई खुल्यो लगानीको ढोका

चैत्र ३, २०७४ १:१७ मा प्रकाशित
Share on FacebookShare on Twitter

बेनी, म्याग्दी, ३ चैत/ म्याग्दीमा निर्माणाधीन रघुगंगा जलविद्युत् आयोजनामा स्थानीयवासीले पनि लगानी गर्न पाउने बाटो खुलेको छ ।

लामो समयदेखि रोकिएको ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेड संरचनामा रूपान्तरण र बोलपत्र आह्वानमार्फत पुनःनयाँ ठेकेदार छनोट गरेसँगै निर्माणकार्य अघि बढ्ने भएपछि स्थानीयवासीलाई पनि लगानी गर्न पाउने बाटो खुला भएको हो ।

निर्माणको जिम्मा पाएका भारतीय ठेकेदार कम्पनी आइभीआरसीएल आर्थिक संकटमा परेपछि अलपत्र बनेको आयोजनाको बोलपत्रमार्फत पुनःठेक्का जयप्रकाश एशोसिएसट्ले पाएको छ । एशोसिएट्स र प्राधिकरणबीच आगामी ४५ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण सम्झौता भइसकेको छ । ठेकेदार कार्यक्षेत्रमा खटिनुअघि भारतीय एक्जिम बैंकले स्वीकृति दिनुपर्ने भएकाले उक्त प्रक्रिया जारी रहेको रघुगंगा हाइड्रो लिमिटेडका प्रशासकीय अधिकृत काशीनाथ दाहालले जानकारी दिनुभयो ।

‘ठेकेदारले बैंकबाट स्वीकृति पाउने क्रममा छ, बैंकको स्वीकृतिपत्रका आधारमा हामीले उसलाई कार्यक्षेत्रमा खटाउने हो’, अधिकृत दाहालले भन्नुभयोे, “नयाँ संरचनाअनुसार अब स्थानीयवासीलाई पनि यसमा लगानी गर्ने बाटो खुलेको छ ।”

२०७१ सालमा सम्पन्न गर्ने उद्देश्यका साथ २०६७ सालदेखि निर्माण शुरु भएको रघुगंगाको काम १० प्रतिशत मात्रै सम्पन्न भएको छ । आइभीआरसीएलले सात वर्षमा आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकको ट्र्याक, आवास गृहका भवन र २५ मिटर सुरुङ खन्ने मात्र काम गरेको छ । बाँधस्थल, विद्युत् गृह र चार किलोमिटर भन्दा बढी सुरुङ खन्ने काम भने शुरु भएकै छैन । दग्नाम र झिँ वडाको सिमानामा बाँध रहने आयोजनाको पानी सुरुङमार्गमार्फत ल्याएर पिप्ले घुमाउने ताल नजिकै विद्युत् गृहमा ल्याएर बिजुली उत्पादन गर्ने योजना छ । आयोजनामा एक्जिम बैंकले करिब ६ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

विसं २०६७ मा ३२ मेगावाट उत्पादन गर्ने गरी काम अघि बढाइएको भएपनि त्यसमा आठ मेगावाट थपेर अहिले ४० मेगावाट पुर्याइएको छ । ‘यो आयोजनाको सम्भाव्यता सन् १९९८ मा गरिएको थियो । यसलाई पुनःअद्यावधिक गरेर ३२ मेगावाटबाट ४० मेगावाट बनाइएको हो’, अधिकृत दाहालले भन्नुभयो,– “प्राधिकरणले कम्पनी मोडेलमार्फत आयोजना अघि बढाउने र स्थानीयवासीलाई लगानीको अवसर सिर्जना गर्ने गरेको निर्णय स्वागतयोग्य छ ।”

‘हामीले आयोजना अघि बढाउन जस्तोसुकै सहयोग गर्न तयार छौँ, विभिन्न बहानामा अब काम रोकिनुभएन’, स्थानीयवासी एवं रघुगंगा गाउँपालिका–३ पिप्लेका वडाध्यक्ष जीवन मल्लले भन्नुभयोे, ‘हामीले लगानी पनि गर्न पाउने भएपछि यसले सकारात्मक सन्देश प्रवाह गरेको छ ।’

यसका लागि नेपाल सरकार र भारत सरकारबीच यसअघि नै सम्झौता भइसकेको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीन वडाका सर्वसाधारणले प्राथमिकताका आधारमा लगानी गर्न पाउने बताउनुभयो । ‘यस विषयमा आयोजना र हामीबीच धेरै चरणमा कुराकानी भएको छ, पहिला देखिएका समस्या पनि हल हुँदै गएका छन्’, उहाँले भन्नुभयो, “समग्र जिल्लाको आर्थिक समृद्धिसँग जोडिएको यो आयोजना बढ्नुको विकल्प छैन ।”

रघुगंगाबाट उत्पादिन विद्युत् सरकारले अहिले निर्माण गरिरहेको २२० केभिए कालीगण्डकी करिडोर प्रशारण लाइनअन्तर्गत दाना–खुर्कोट सव स्टेशनमा जोडिनेछ । धु्रवसागर शर्मा/रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result