Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तीन घण्टा हिँडेर विद्यालय

चैत्र ३, २०७४ १:२३ मा प्रकाशित
तीन घण्टा हिँडेर विद्यालय

306f}+ lxF8]/ ljBfno afun'ªsf] tdfgvf]nf ufpFkflnsf–^ ghf{vfgLsf /dg 5GTofn / dx]Gb| ljs ufpF glhs ljBfno gePkl5 b'O{ 306f lxF8]/ v'ªvfgLdf /x]sf] zflGt dfljdf sIff–( sf] k/LIff lbg hfFb} . t:jL/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;

Share on FacebookShare on Twitter

बागलुङ, ३ चैत/ बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारोमा हुन्छन् अनराम छन्त्याल । ७ बजे नहिँडे उनको विद्यालय पुग्ने समय घर्कीसकेको हुन्छ ।

खोला, गल्छेँडा र भिरको बाटो हुँदै छन्त्याल तीन घण्टामा विद्यालय पुग्छन् । शारीरिक र मानसिक थकान बोकेर विद्यालय छिर्ने छन्त्याल घर फर्कदा साँझ छिप्पिसकेको हुन्छ । कक्षाकोठाको भन्दा दोब्बर समय उनको विद्यालय जाँदाआउँदा खर्च हुन्छ ।

सदरमुकामदेखि ३६ कोश टाढा तमानखोला गाउँपालिका–६ भित्रीवनका १६ वर्षीय छन्त्यालको दैैनिकी दुई वर्षदेखि यसरी नै चलेको छ । गाउँमै मावि तहको विद्यालय नभएपछि उनी तीन घण्टाको दूरीमा रहेको शान्ति मावि, खुङ्खानी जान बाध्य छन् । उनीमात्र होइन भित्रीवन, नर्जाखानी र पात्ले गाउँका विद्यार्थी कक्षा ९ र १० पढ्न खुङ्खानी पुग्नुपर्छ । जिल्लाकै अतिविकट मानिने ६ नं वडाका तीनै गाउँमा विद्यालय नै नभएको भने होइन ।

नर्जाखानीमा विष्णु आधारभूत विद्यालय, भित्रीवनमा दिल्ली प्रावि र पात्लेमा मालिका प्रावि छ । अर्को विडम्बना, दिल्ली र मालिका प्राविका विद्यार्थी आधारभूत तह पढ्न डेढ घण्टा हिँडेर विष्णु आधारभूत विद्यालय आउनुपर्ने बाध्यता छ । दिल्ली प्राविमा कक्षा ५ सम्म र मालिका प्राविमा कक्षा ४ सम्म पढाइ हुने गरेको छ । तिनै विद्यार्थीले जब आधारभूत तह पार गर्छन् अनि शुरु हुन्छ उनीहरुको कष्टसाध्य दैनिकी । वर्षेनी ती विकट गाउँबाट १२÷१५ जना विद्यार्थी मावि पढ्न खुङ्खानीको शान्ति मावि पुग्छन् ।

तर, पाँच÷सात जनाले विद्यालय टाढा भएकै कारण बीचैमा पढाइ छोड्छन् । पात्ले गाउँका जगत सिरपालीको विद्यालय हाजिरी ७५ प्रतिशत पनि नपुगेपछि यो वर्षको ‘एसईई’ परीक्षा दिनबाट वञ्चित भएका छन् । शुरुमा उनी पनि पात्लेबाट तीन घण्टा हिँडेर वडा नं ५ खुङ्खानीको शान्ति मावि आउने गर्थे । शान्ति माविका प्रअ सत्यनारायण सिंहका अनुसार वडा नं ६ बाट वर्षेनी भर्ना भएकामध्ये १० प्रतिशत विद्यार्थीले बीचैमा विद्यालय छोड्ने गरेका छन् । विद्यालय छोड्नुमा भौगोलिक विकटता प्रमुख कारण रहेको उहाँको भनाइ छ ।

“विकट भूगोल छ, विद्यालय पुग्न घण्टौँ लाग्छ” उहाँले भन्नुभयो “गरिबी र अशिक्षाका कारण पनि विद्यालय छोड्छन् ।” वडा नं ६ नर्जाखानीका महेन्द्र विक पनि दैनिक दुई घण्टा हिँडेर विद्यालय पुग्छन् । शान्ति माविमा कक्षा ९ मा अध्ययनरत विकको अहिले परीक्षा चलिरहेको छ । विद्यालय आउजाउमै घण्टौँ लागेपछि परीक्षाको तयारी राम्रोसँग गर्न नपाएको विकले दुःखेसो गरे ।
गाउँपालिकाले भने छात्राबास बनाएर भए पनि टाढाका विद्यार्थीलाई नियमित विद्यालय ल्याउने योजना बनाएको छ । “खुङ्खानीमा आवासीय सुविधासहित छात्राबास बनाउने योजना छ” गाउँपालिका अध्यक्ष जोकलाल बूढाले भन्नुभयो । नर्जाखानीमा तत्काल मावि तह सञ्चालनको सम्भावना नरहेको उहाँको भनाइ छ ।रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result