Wednesday, February 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रमुख संरक्षक घलेले बोलाएको महाधिवेशनमा भाग लिन एनआरएनहरु काठमाडौं आउँदै

चैत्र ४, २०७८ २:२१ मा प्रकाशित
प्रमुख संरक्षक घलेले बोलाएको महाधिवेशनमा भाग लिन एनआरएनहरु काठमाडौं आउँदै
Share on FacebookShare on Twitter

काठमाडौं ( जीएनएन ) – गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन हुने भएपछि संसारभरबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने भएका छन् । पहिले अनलाइन मतदान हुने भनिएकोमा प्रमुख संरक्षक शेष घलेले प्रत्यक्ष उपस्थितिमा नै निर्वाचन गर्ने गरी महाधिवेशन तोकिदिएपछि प्रतिनिधिहरु काठमाडौं आउन लागेका हुन् । प्रमुख संरक्षक घलेले यही मार्च २२ देखि २५ सम्म काठमाडौंमा हुने गरी संघको दशौं महाधिवेशन तोकेका छन् ।

महाधिवेशनका लागि उपाध्यक्ष सोनाम लामा संयोजक तथा अर्का उपाध्यक्ष मन केसी सहसंयोजक रहेको तयारी समिति गठन भएको छ। तयारी समितिमा आइसीसीका पदाधिकारी तथा सदस्य र सबै एनसीसीका अध्यक्षहरु सदस्य रहेका छन् । संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि पुनर्गठन गरिएको छ । गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन विवादका कारण हुन सकेको थिएन । महाधिवेशन प्रतिनिधि चयनमा अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्रि केसी र महासचिव हेमराज शर्माले विधानविपरीत बलजफ्ती गरेपछि तीन पटक मिति घोषणा गरेपनि निर्वाचन हुन नसकेको हो । ६ महिनासम्म प्रतीक्षा गर्दा पनि पन्त नेतृत्वको वर्तमान कामचलाउ आइसीसी कार्यसमितिले चुनाव गराउन नसकेपछि संस्था जोगाउने उद्देश्यसहित प्रमुख संरक्षक घलेले विधानले दिएको अधिकार प्रयोग गरी महाधिवेशन आह्वान गरेका हुन् ।

घलेले महाधिवेशन आह्वान गरेपछि संघका अधिकांश राष्ट्रिय समन्व परिषद(एनसीसी)हरु उत्साहित भएका छन् । हाल संसारका ६५ देशमा संघका एनसीसी सक्रिय छन् । ती सबै एनसीसीहरुबाट छानिएका महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने भएका छन् । केही देशबाट त काठमाडौं आउन थालिसकेका छन् । घलेले गत शुक्रबार महाधिवेशनको आह्वान गरेपछि सबैभन्दा बढी पन्जीकृत सदस्य भएका एनसीसीहरुले घलेको निर्णयको स्वागत गर्दै महाधिवेशन सफल पार्न सबैमा आग्रह गरेका छन् । बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, मलेसिया लगायतका देशमा रहेका एनसीसीका अध्यक्षहरुले घलेको निर्णयलाई स्वागत गरेका छन् ।

एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गत अक्टोबर २०२१ मै हुनुपर्ने संघको दशौं महाधिवेशन हुन नसकेका कारण उत्पन्न संकट समाधान गरी संघमा नयाँ नेतृत्व चयन गर्न डा. घलेले आह्वान गर्नु भएको महाधिवेशन सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।‘ उनले संसारभरका महाधिवेशन प्रतिनिधिलाई महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह पनि गरेका छन् । न्याय पाएको भन्दै उत्साहित कुमार पन्त नेतृत्वको काम चलाउ आइसीसीका केही पदाधिकारीले विधानविपरीत महाधिवेशन प्रतिनिधि चयन गरेपछि संघमा विवाद झाँगिएको हो । उनीहरुले महाधिवेशनका लागि ३ हजार ६ सय ३४ प्रतिनिधिको सूची तयार पारेका थिए । एनसीसीहरुको निर्वाचनपूर्व नै अघिल्लो कार्य समितिबाट नै ६५ प्रतिशत प्रतिनिधि चयन गर्न लगाएपछि विवाद सुरु भएको हो ।

नवनिर्वाचित कार्य समितिहरुले भने विधानअनुसार नयाँ कार्यसमितिले मात्रै प्रतिनिधि चयन गर्न पाउनुपर्ने माग राखे पनि नेतृत्वले सुनेन । आफूहरुले पठाएको सूची सदर नभए महाधिवेशनमा सहभागी पनि नहुने सदस्यता शूल्क पनि केन्द्रलाई नबुझाउने उनीहरुको अडान थियो । विधानको पालना भए मात्रै आफूहरुले न्याय पाउने र न्याय पाएपछि मात्रै महाधिवेशनमा सहभागी हुने उनीहरुको सर्त नै थियो । त्यसैले अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले पटक पटक आफ्नो माग दोहोर्याई रहे । अन्तिमसम्म पनि पन्त नेतृत्वको कार्य समितिले उनीहरुको माग सुनुवा नगरी एकतर्फी र एकपक्षीय रुपमा निर्वाचन गराउने तयारी गरेपछि संस्था नै विभाजनको संघारमा पुगेको थियो । अहिले त हामीले न्याय पाएको अनुभूति गरेका छौं, एनसीसीका एक अध्यक्षले भने, विधानको पालना हुनुपर्ने हाम्रो माग सम्बोधन भएको छ ।

विवादका कारण संस्था नै विभाजन हुने अवस्था देखिएपछि घलेले विधानको दफा १६.१.४ मा रहेको अधिकार प्रयोग गर्दै एकताको महाधिवेशन आह्वान गरेका छन् । घलेले झण्डै एक महिना लगाएर महाधिवेशनको प्रतिनिधिहरुको नाममा अनुसन्धान गरेका छन् । सचिवालयले तयार पारेको सूचीबाट घलेले झण्डै ९ सय नाम हटाएका छन् । अब करिव २ हजार ६ सय प्रतिनिधिले मात्रै महाधिवेशनमा भाग लिन पाउने छन् ।

सम्बन्धित समाचार

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन
ट्रेन्डिंग न्यूज्

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

बलात्कार आरोपी सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो
Breaking News

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयद्वारा सर्वोच्चमा निवेदन

करोडौँ मानिसको बीचमा भए पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड
Breaking News

गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

रवि लामिछाने अहिलेको सरकारमा जान नहुने कांग्रेस नेता भण्डारीको धारणा
Breaking News

रवि लामिछाने अहिलेको सरकारमा जान नहुने कांग्रेस नेता भण्डारीको धारणा

आचारसंहिता पालनामा कडाइ गर्न थपलियाको निर्देशन
Breaking News

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ मा गर्ने निर्वाचन आयोगको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

बलात्कार आरोपी सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयद्वारा सर्वोच्चमा निवेदन

करोडौँ मानिसको बीचमा भए पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.