काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई हेरेर परीक्षा समय तोकिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । उनले भने, ‘प्रश्नपत्र सम्बन्धित ठाउँमा कसरी पुर्याउने भन्ने बारेमा भने छलफल भइरहेको छ ।’ यो वर्ष करिब ४ लाख विद्यार्थीले १२ कक्षाको जाँच दिँदै छन्।
प्रतिक्रिया लेख्नुहोस्:-