Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल

चैत्र ४, २०७४ १:५० मा प्रकाशित
दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल

b[li6ljxLgnfO{ df]afOn ljt/0f g]kfn ckfªu dlxnf ;+3sf cWoIf lgd{nf cfrfo{ cfOtaf/ cfof]lht sfo{qmddf b[li6ljxLgnfO{ df]afOn ljt/0f ub}{ . tl:a/, ;'zLn bgf{n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ ४ चैत / दृष्टिविहीन र छापा अक्षर पढ्न नसक्ने अपांगता भएका ८० जना विद्यार्थीलाई एन्ड्रोइड मोबाइल वितरण गरिएको छ ।

अपांगता अधिकार विकासका लागि क्रियाशील नेपालले यहाँ आज एक कार्यक्रमको आयोजना गरी श्रव्य पुस्तक अध्ययन गर्न मिल्ने सामसुङ ग्यालेक्सी अन सेभेन प्रो मोबाइल वितरण गरेको हो ।

नमूना मक्षिन्द्र मावि, मेगा कलेज र सञ्जिवनी माविलगायत प्रदेश नं ३ का विभिन्न स्कुल र कलेजका दृष्टिविहीनसम्बन्धी अपांगता भएका व्यक्तिलाई सो मोबाइल वितरण गरिएको हो ।

इलाम, झापा, पाँचथर, लमजुङ, कास्की, पर्वत र गोरखालगायतका जिल्लामा २२० वटा मोबाइल विवरण गरिसकेको क्रियाशील नेपालका अध्यक्ष वीरेन्द्रराज पोखरेलले जानकारी दिनुभयो ।

आगामी दिनमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी बाँके र बर्दियालगायतका जिल्लामासमेत दृष्टिविहीनका लागि मोबाइल वितरण गर्ने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।

पछिल्लोपटक बोल्न र सुन्न नसक्ने वा अन्य प्रकृतिका अपांगता भएका व्यक्तिका लागि सबै प्रकृतिका सूचना, सञ्चार तथा प्रविधि अपांगमैत्री बन्दै गएको छ । सरकारले अपांगता भएका व्यक्तिका लागि ‘पहँुचयुक्त सञ्चार सेवा’ र प्रेस काउन्सिल नेपालले ‘अपांगतामैत्री सञ्चार निर्देशिका’ जारी गरेसँगै सञ्चारमाध्यम भाषागत हिसाबलेसमेत अपांगतामैत्री बन्दै गएका छन् ।

सोही अवसरमा राष्ट्रिय अपांग महासंघ नेपालका सचिव ओमप्रकाश बन्जाडे र अपांगता अधिकारकर्मी रमेश तिवारी र निर्मला आचार्यले अपांगता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपांगता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको १ दशमलव ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ जना रहेका छन् । यसमा शारीरिक अपांगता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् ।

त्यसैगरी, बोलाइसम्बन्धी अपांगता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपांगता ६, बौद्धिक अपांगता २ दशमलव ९ र बहुअपांगता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result