Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुव्र्यसनीको कुलत छुटाउँदै पूर्वदुव्र्यसनी

चैत्र ४, २०७४ २:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

धनगढी, ४ चैत / “विगतमा आफूले भोगेको र अनुभव गरेको जस्तो नशाको मातमा लागेर अरुले दुःख नपाउन् भनेर दुव्र्यसनीको कुलत छुटाउन लागिरहेका छौँ ।”

आपूm दुव्र्यसनमा फसेकामा पश्चाताप गर्दै कुलतमा फसेकाको पुनःस्थापनाका लागि अहिले टीकापुरमा सक्रिय रहेको लागुऔषधका पूर्वदुव्र्यसनी कल्पेस कुवँरले बताउनुभयो ।
नशाको मातमा जीवन बर्बादीतिर धकेलिरहेका युवाको कुलत छुटाउन कुवँर अहिले नवजीवन पुनःस्थापना केन्द्रको सहजकर्ता र उहाँका सहकर्मी पूर्वदुव्र्यसनी रोशन कडायत केन्द्रको संयोजकको भूूमिकामा रहेर टीकापुरमा सक्रिय हुनुहुन्छ ।

दश÷बाह्र वर्षसम्म कुलतमा फसेर केही वर्षअघि छुटकारा पाइएको स्मरण गराउँदै कुवँरले भन्नुभयो, “आफूहरुले भोगेको जस्तो समस्या कसैले पनि व्यहोर्नु नपरोस् भनेर यो काम थालेका हौँ ।” केन्द्रको संयोजकको भूमिकामा रहेका पूर्वदुव्र्यसनी कडायतले गत तीन वर्षको अवधिमा झण्डै ३० जना दुव्र्यसनीको कुलत छुटाउन सफलता मिलेको दाबी गर्नुभयो ।

उहाँहरु दुवैको संयुक्त प्रयासमा तीन वर्षअघि सञ्चालनमा आएको नवजीवन पुनःस्थापना केन्द्रमार्फत हाल १८ जना दुव्र्यसनीको कुलत छुटाउने प्रयास भइरहेको छ । पुनःस्थापना केन्द्रको सञ्चालन खर्च भने सम्बन्धित दुव्र्यसनीका अभिभावकबाट उठाउने गरिएको छ । तीन महिना पुनःस्थापना केन्द्रमा बसेपछि दुव्र्यशनीको नशा छोड्ने वातावरण बन्ने गरेको कुवँरले दाबी गर्नुभयो ।

टीकापुरमै रहेको नयाँ बिहानी पुनःस्थापना केन्द्रको पहलमा उहाँहरु दुवै जना दुव्र्यसनबाट केही वर्षअघि मुक्त हुनुभएको थियो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दले लागुऔषधका प्रयोगकर्ताको नशा छुटाउन पुनःस्थापना केन्द्रले गरिरहेको प्रयासको सराहना गर्नुभयो ।

“दुव्र्यसनीको कुलत छुटाउन पुनःस्थापना केन्द्रमा राति १० बजेसम्म पनि कक्षा सञ्चालन भएको देखियो”, चन्दले भन्नुभयो, “यसको ओसारपसार, प्रयोग र रोकथाममा अन्य कामका अतिरिक्त टीकापुर प्रहरीले बेलाबखत विद्यालय र समुदायमा चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ ।”

कैलाली जिल्ला र खासगरी पूर्वी क्षेत्रको टीकापुर र आसपासका क्षेत्रमा लागुऔषधको ओसारपसार र प्रयोगका घटना बढ्दै जाँदा चुनौती बढेको छ । अभिभावकले आफ्ना छोराछोरीको उचित रेखदेख नपु¥याउने गरेकै कारण साथीको लहैलहै र देखासिकीमा लागेर कैयौँ युवा नशामा रमाउने गरेकाले जिल्लामा लागुऔषधको समस्या चुनौती बनेको हो ।

अभिभावकबाट उचित रेखदेख नपुगेको र घरायसी वातावरण पनि राम्रो नपाएकोजस्ता कारणले विद्यालय र क्याम्पस जाने १६ देखि ३० वर्ष उमेरका कतिपय युवा यस्तो कुलतमा बढी फस्ने गरेको बताइन्छ ।

खुला सिमानाका कारण सजिलैसँग सीमापारी भारतीय बजार पुगेर लागुऔषधका दुव्र्यसनीले लागुऔषधको ओसारपसार र सेवन गर्ने गरेका छन् । गएको साउनदेखि हालसम्म लागुऔषधको कारोबार र प्रयोगमा संलग्न ३० जनामाथि कानूनी कारबाही गरिएको इप्रका टीकापुरको तथ्यांकले पनि सो क्षेत्रमा कुलतमा फस्ने बढेको पुष्टि हुन्छ ।

प्रहरी निरीक्षक चन्दले लागुऔषधको सेवन र ओसारपसारको समस्या पहिलेदेखि नै रहेको भए पनि पछिल्लो केही महिना यसका कारोबारी र सेवनकर्ता पक्राउ गर्न प्रहरीलाई सफलता मिल्दै गएकाले यसका घटना बढेको देखिएको बताउनुभयो ।

खासगरी खैरो हिरोइन, ट्याबलेट नाइट्रोभेट, नाइट्रोजिपामजस्ता लागुऔषधको बढी प्रयोग हुने गरेको बताइएको छ ।

कुलतमा लाग्नेले लुकिछिपीरुपमा लागुऔषधको प्रयोग र सेवन गर्ने गरेको र यसरी एकआपसमा लागुऔषध सेवन वा ओसारपसार गर्दा लागुऔषधको छुट्टै सांकेतिक नाम दिने गरेको बताइन्छ । टीकापुर इप्रकाले गएको साउनदेखि हालसम्म खैरो हिरोइनसम्बन्धी छवटा अपराधमा १६ जना र अन्य लागुऔषधका आठ वटा अपराधमा १४ जनामाथि कारबाही थालेको जनाएको छ ।

लागुऔषध चरेश, खैरो हिरोइन र नाइट्रोभेट ट्याबलेटको सेवन, ओसारपसार र सेवन बढी हुने गरेको पाइएको मुद्दा फाँटका प्रमुख प्रहरी सहायक निरीक्षक गोपालनाथ योगीले बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result