Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रदेश ५ः मन्त्रिपषिद् विस्तार

चैत्र ५, २०७४ २:२० मा प्रकाशित
Share on FacebookShare on Twitter

बुटवल, ५ चैत / प्रदेश नं ५ मा सरकार गठन भएको झण्डै एक महिनापछि आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले आज तीन सदस्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रदेश नं ५ मा मन्त्रिमण्डलमा छ जना छन् । गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त शङ्कर पोखरेलले सोही दिन नेकपा (माओवादी केन्द्र)का कुलप्रसाद केसी र नेकपा (एमाले) कावैजनाथ चौधरीलाई समावेश गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

मन्त्रीमा आज नियुक्त हुनेमा एमालेबाट रुपन्देहीका प्रदेशसभा सदस्य लीला गिरी (उद्योग, पर्यटन, वन, वातावरण र जलवायु) र बाँकेका आरती पौडेल (भूमि व्यवस्थापन, कृषि तथा सहकारी) तथा माओवादी केन्द्रबाट गुल्मीकासुदर्शन बराल (सामाजिक विकास) हुनुहन्छ । नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त मन्त्रीले शपथलगत्तै आजै पदबहाली गर्नुभयो ।

उत्पादकत्व वृद्धि गरिने
पदबहाली गर्दै उद्योगमन्त्री गिरीले औद्योगिकीकरण र पर्यटन प्रवद्र्धनसँगै वातावरण तथा वनको संरक्षण गरी उत्पादकत्व वृद्धि गर्ने पहिलो निर्णय गर्नुभएको छ । उहाँले तत्कालका लागि प्रदेशको औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व वृद्धि एवं स्वच्छ वातावरणका कार्यक्रम समेटिने गरी कार्ययोजना बनाउने निर्णय गर्नुभएको छ ।
सो मन्त्रालयबाट सम्पादन हुने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सरोकार भएकाहरुको संलग्नता र सहभागिता हुने गरी मन्त्रालयका उपसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ । मन्त्री गिरीले सुशासन नै पहिलो र अनिवार्य शर्त भएकाले सोहीअनुरुप काम गर्न निर्देशन दिनुभयो ।
सामाजिक विकासमन्त्री बरालले पदवहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दैै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सर्वसुलभ बनाइने बताउनुभयो ।

गाविस अध्यक्षदेखि मन्त्रीसम्म…
उद्योगमन्त्री गिरी रुपन्देही क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । गुल्मीबाट २०३४ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ मा बसाइँ सरेर आउनुभएका राजनीतिक र सामाजिक काममा सक्रिय मन्त्री गिरी यसअघि साविक शंकरनगर गाउँ विकास समितिमा बहुदलीय व्यवस्थाको पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्थ्यो ।

विसं २०२२ मा १२ वर्षको उमेरमै राजनीतिक चेतना जागेर जन्मस्थान गुल्मी रुरु गाउँपालिका (साविकको बम्घा गाविस) मा तत्कालीन पञ्चायतविरुद्ध शिक्षक सिद्धिनाथ ज्ञवालीसँगै आन्दोलनमा सहभागी गिरी हाल एमाले केन्द्रीय कमिटी सदस्य र रुपन्देही जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएको छ ।

लघुवित्त तथा शिक्षा क्षेत्रमा सक्रिय
भूमि व्यवस्थापनमन्त्री पौडेल २०४१ सालदेखि त्रिभुवन उमावि कोहलपुर (बाँके) मा अनेरास्ववियूको संगठित भई वामपन्थी आन्दोलनमा प्रवेश गर्नुभएको हो । त्यसपछि सामाजिक, शैक्षिक सेवाका साथै एमालेको राजनीतिमा निरन्तर सक्रिय हुँदा उहाँले अखिल नेपाल महिला संघको क्षेत्रदेखि प्रदेशसम्मको विभिन्न पदमा रही जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।

लद्युवित्त तथा शिक्षा क्षेत्रमा आबद्ध भई यसको विकासमा सक्रिय मन्त्री पौडेलको बाँकेको कोहलपुर क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका छ । उहाँ प्रदेशसभामा बाँके जिल्ला क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष चुनाव जित्ने एमालेतर्फबाट एक मात्र महिला हुनुहुन्छ ।

अन्तरिम व्यवस्थापिका सदस्यदेखि प्रदेशमन्त्री
सामाजिक विकासमन्त्री बराल चन्द्रकोट गाउँपालिका–३, झारखर्क गुल्मीका स्थायी बासिन्दा हुनुहन्छ । विसं २०४५ देखि विद्यार्थीकालबाट राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएका बराल विसं २०५४ देखि तत्कालीन नेकपा (माओवादी) मा पूर्णकालीन बन्नुभयो ।

विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य हुनुभएका मन्त्री बराल विसं २०६४ देखि ०६८ सम्म संविधानसभा सदस्य र राज्य व्यवस्था समितिको सदस्य रहनुभएको थियो । उहाँ गुल्मी निर्वाचन क्षेत्र नं १ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result