मिसिसिपी/अमेरिका, मार्च १९,
नौ बर्षीय बालकले आफ्नै दिदीलाई गोली हानेर मारेको समाचार पत्याउन त्यति सहज हुन्न। मिसिसीपीको ग्रामिण काउण्टी मोनरोमा आज बिहान एक नौ बर्षीय बालकले भिडियो गेमको कन्ट्रोलर नपाएको झोंकमा बाबु-आमाको कोठामा राखेको ह्याण्डगन ल्याएर आफ्नै १३ बर्षीय दिदीको टाउको पछाडि गोली हानेको सिएनएनले जनाएको छ। स्थानीय काउण्टी प्रहरी अधिकारीहरुका (सेरिफ) अनुसार बालिकालाई उपचारका लागि नजिकैको बाल अस्पतालमा लगिए पनि अस्पतालले तत्कालै उनको मृत्यु भैसकेको जनाएको छ। घटनाको अनुसन्धान भैरहेको सेरिफ अधिकारीहरुले जनाएका छन्। अभिभावकहरुले बन्दुक लगाएतका घातक हतियारहरु बालबालिकाहरुको पहुँचबाट टाढै नराखेकाले यस्ता खालको दुखद घटनाहरु हुने भन्दै घटनाबाट सबै अभिभावकहरु सचेत हुनुपर्नेमा अधिकारीहरुले जोड दिएका छन्।







प्रतिक्रिया लेख्नुहोस्:-