काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी संगठन कसैको दबाब र प्रभावमा नपर्ने बताएका छन् ।
उनले आइतबार राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सिनियर अधिकृतको लागि सञ्चालित विभिन्न उन्नत तालिमको प्रथम प्रवचन तथा समापनमा बोल्दै संगठनमा पद्धति बस्दै गएको बताए ।
‘कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होइन। संंगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनुपर्दछ’, अर्यालले भने, ‘वर्तमान अवस्थामा संगठन अभावमा होला तर कसैको दवाब र प्रभावमा पर्ने छैन, हाम्रा न्यायका आँखाले तपाईहरु सबैलाई समान देख्ने छ, ढुक्क हुनुहोला।’
प्रतिक्रिया लेख्नुहोस्:-