Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बलेवा विमानस्थलमा परीक्षण उडान

चैत्र ५, २०७४ १०:४२ मा प्रकाशित
बलेवा विमानस्थलमा परीक्षण उडान

an]jfdf k/LIf0f p8fg afun'ª gu/kflnsf–!$ l:yt an]jf ljdfg:yndf ;f]daf/ cjt/0f ub}{ tf/f Po/nfOG;sf] …6'Og6/Ú ljdfg . aGb ePsf] @^ jif{kl5 ljdfg:yn lgoldt ;~rfngdf cfpg nfu]sf] 5 . tl:j/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;

Share on FacebookShare on Twitter

फलेवास, पर्वत, ५ चैत / विगत साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थलमा आज पहिलो पटक परीक्षण उडान गरियो ।

यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा आउने तयारीमा रहेको विमानस्थलमा तारा एयरको नाइन एन ए के एल कलसाइनको टुइनअटर विमानले परीक्षण उडान गरेको हो । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित सञ्चालनका लागि कुनै कठिनाइ नभएको बताएको छ ।

उक्त विमानलाई चालक सन्तोष शाह, प्रभात घिमिरे र एयर होस्टेज सिर्जना हुमागाईंले विमानस्थलमा सफल अवतरण गराएका हुन् । उनीहरुले पटक पटक विमानस्थल वरिपरिको क्षेत्रमा समेत उडान गरेर नियमित सञ्चालनका लागि उपयुक्त दिशाको निरुपण तथा अझै बनाउनुपर्ने संरचनाका बारेमा अध्ययन गरेका थिए ।

स्थानीयवासी तथा धौलागिरि क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको पटक पटकको प्रयासपछि विमानस्थल नियमित सञ्चालनमा आउने भएको हो । विमानस्थलको एक महिनादेखि लगातार बागलुङ नगरपालिका र नागरिक उड्डयन प्राधिकरणको पहलमा मर्मत गरिनाका साथै वरपरका संरचना हटाइएको थियो ।

गौचरनमा परिणत भएको विमानस्थल सञ्चालनमा आउने भएपछि स्थानीयवासी हर्षित बनेका छन् । विमानस्थलमा धावन मार्ग मर्मत, पुरानो टावरको जाँच तथा मर्मत र विमानस्थल वरपरका अग्ला संरचना हटाइएको थियो ।

नियमित उडानका लागि यात्रुको अभाव भएमा बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि विभिन्न कम्पनी नियमित उडान भर्न सहमत भएका हुन् ।

विमानस्थल सञ्चालन गर्न धौलागिरिवासीले पटक पटक यसअघि पनि माग गर्दै आएका थिए । सो विमानस्थलमा नियमित हवाई उडान शुरु भएपछि धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका जनतालाई ठूलो सहयोग पुग्ने भएको छ ।

यो विमानस्थल बागलुङका नारायणस्थान, पैयुँपाटा, अमलाचौर, कुश्मिशेरा, भकुण्डे, रायडाँडालगायत करीब १४ गाविसका जनताले श्रमदानमा २०१८ सालमा निर्माण गरेको हो । यो विमानस्थल बन्द हुनुपूर्व २०४८ सालभन्दा अघि बलेवाबाट टुइनअटर विमानले काठमाडौँ, पोखरा र भैरहवा उडान भर्ने गरेको थियो । विमानस्थल अहिले गौचरनमा परिणत भएको छ । सो विमानस्थलबाट घाँस बेचेर प्राप्त आम्दानी स्थानीय क्याम्पस सञ्चालनका लागि प्रयोग हुँदै आएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result