काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री बनेको भोलिपल्टबाटै इमान बिर्सिएर प्रचण्ड अस्थिरतातर्फ गएको उनको आरोप छ ।
मित्रराष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री नै रहेको भन्दै ओलीले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पारे ।
प्रतिक्रिया लेख्नुहोस्:-