Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्थानाभावले सडकमै सवारी साधनको प्रदूषण जाँच

चैत्र ७, २०७४ ४:०५ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ चैत/ यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूले आवश्यक स्थानका अभावमा सडकमै निजी सवारी साधनको प्रदूषणको मात्रा जाँच गर्न थालेको छ ।

कार्यालय परिसरमै सवारी साधनको प्रदूषण मात्रा जाँच गरिरहेको कार्यालयले स्थानीयवासीको विरोधपछि मंगलबारदेखि कार्यालय अगाडिको चक्रपथ सडकमै उक्त काम गर्न शुरु गरेको हो । यातायात कार्यालय अवस्थित आनन्दनगर टोलसुधार समितिले प्रदूषण जाँचका क्रममा निस्कने धुवाँले बस्तीको वातावरण दूषित भएको र सवारी साधनले सडक जाम भएको भन्दै अन्त सार्न माग गरेपछि कार्यालय परिसरबाट जाँच गर्ने काम सारिएको कार्यालयका नायब सुब्बा काजीबहादुर गिरीले बताउनुभयो ।

प्रदूषण जाँचका लागि थप जग्गा भाडामा लिन कार्यालयले यातायात व्यवस्था विभागमा माग गरे पनि विभागले बजेटको कमी देखाउँदै टार्दै आएको कार्यालयले जनाएको छ ।

कार्यालयमा हाल दैनिक करीब १०० निजी सवारी साधनको उपकरणमार्फत प्रदूषणको मात्रा जाँच गरिन्छ । निजी सवारी साधन भएकाले जाँचमा लगभग सबै सफल हुने गरेको यातायात कार्यालयले जनाएको छ । जाँचपछि कार्यालयले रु ३५ लिएर सबै सवारी साधनलाई हरियो स्टिकर दिने गरेको छ ।

मासिक रु १० करोड कर
यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूमा सबै प्रकारका सवारी साधनबाट मासिक रु १० करोडसम्म कर संकलन हुने गरेको छ । कार्यालयमा दैनिक २०० देखि ५०० सवारीधनीले कर बुझाउने गरेको लेखापाल सुदर्शन ढकालले जानकारी दिनुभयो । सवारी करबाट मासिक रु सात देखि १० करोड राजश्व आम्दानी हुने गरेको छ ।

कर संकलनका हिसाबले मुलुकभरका यातायात कार्यालयमध्ये यो चौथो ठूलो कार्यालय भएको उहाँले जानकारी दिनुभयो । यातायात कार्यालयमध्ये सबैभन्दा बढी राजश्व संकलन काठमाडौँको एकान्तकुनास्थित कार्यालयमा तथा त्यसपछि काठमाडौँकै गुर्जुधारा र तेस्रोमा नारायणी अञ्चल यातायात कार्यालय रहेका छन् ।

सवारी साधनको कर बुझाउन चैतदेखि असारसम्म भने तुलनात्मक बढी चाप हुने गरेको छ । मुलुकभर हाल झण्डै २३ लाख विभिन्न प्रकारका सवारी साधन छन् । कार्यालयमा कर्मचारीको दरबन्दी १० जनाको रहेको उहाँले बताउनुभयो ।

कार्यालयले गत वर्षमा रु ७३ करोड कर संकलन गरेको थियो भने यस वर्ष गत फागुन समान्तसम्म रु ७८ करोड ५२ लाख कर संकलन गरिसकेको छ । मुलुकभरका यातायात कार्यालयको कर संकलन गर्ने कम्प्युटर सफ्टवेयर फोकस वन नामक निजी कम्पनीले सञ्चालन गर्दै आएको छ । मुलुकभरका यातायात कार्यालयमा कर संकलनमा सहयोग गर्न उक्त कम्पनीका ११४ कर्मचारी कार्यरत छन् ।

विसं २०६६ देखि उक्त कम्पनीले यातायात कार्यालयको कर संकलनको सफ्टवेयर सञ्चालन गर्दै आएको लेखापाल ढकालले बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result