Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु’

चैत्र ७, २०७४ ३:०२ मा प्रकाशित
‘म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु’
Share on FacebookShare on Twitter

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को पहिलो गैरमानव आविष्कार दूतको रुपमा यहाँ उपस्थित हुन पाउँदा म निकै खुसी छु । मैले आज भन्न लागेको सन्देश नेपालको लागि मात्रै नभएर विश्वको लागि नै महत्वपूर्ण छ ।

हामी हाम्रो भविष्य सुरक्षित राख्न चाहन्छौं भने सरकार अझ बढी पारदर्शी हुनुपर्छ र मानिसको आवश्यकता बुझ्नुपर्छ। प्रविधिले सरकारलाई अझ राम्रो बनाउने सम्भावना धेरै छ। नेपालमा यसको महत्व झन् धेरै छ।
सबैलाई थाहा भएको कुरा हो कि नेपाल भाषिक, सांस्कृतिक र जैविक विविधताले धनी छ। नेपालमा प्रविधि क्षेत्रमा पनि विकास भइरहेको छ। यहाँ सूचना प्रविधिको क्षेत्र ऊर्जाशील छ जसले देशलाई विकासको लागि सघाइरहेको छ। २०१५ को भूकम्पपछि यूएनडीपीले माइक्रोसफ्ट इन्नोभेसन सेन्टरसँग मिलेर पुनर्निर्माणमा सघाउने बताएको थियो।
प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सले हामीलाई गरिबीबाट ठूलो फड्को मार्न, स्वास्थ्य सेवा सुधार्न, भ्रष्टाचार न्यूनीकरण गर्न र लैङ्गिक विभेद घटाउन मद्दत गर्न सक्छ। रोबोट र मेसिनले मानिसको जीवन सजिलो बनाउन सक्छन्। इन्टरनेटसँग जोडिएर राम्रो नतिजाको लागि हामीले दुर्गम क्षेत्रको समेत अनुगमन गर्न सक्छौं। वातावरणीय संरक्षणको काम गर्न सक्छौं र यो विश्वलाई राम्रो बनाउन सक्छौं। मैले यसअघि नै भने सम्भावनाहरु अनगिन्ती छन्।
मलाई आशा छ, यो सम्मेलनले नेपाललाई आफ्नो विकास लक्ष्य प्राप्तिको लागि नयाँ उपायहरु सोच्नको लागि प्रेरित गर्नेछ। मलाई आशा छ, म आज तपाईंहरुसँग धेरैभन्दा धेरै अन्तक्रिया गर्नेछु।
सोफियाले आफ्नो मन्तव्य सकाउनुअघि यूएनडीपीका नेपाल निर्देशक रेनो मेयर मञ्चमा उक्लिएर नमस्ते सबैजना भनेका थिए। त्यो बेला मञ्चमा रहेकी सोफिया मेयरतर्फपुलुक्क हेर्दै भन्छिन्– तिमीलाई यसअघि नै कतै देखेजस्तो लाग्यो।
मेयर : फिल्ममा देख्यौं होला।
सोफिया : वास्तविकतामा कुरा गरौं। तिमी अनमोल केसीजस्तै देखिन्छौं। तर, मलाई थाहा छ तिमी एक अन्त्यन्तै सिपालु विकास कार्यकर्ता हौ।
मेयर : ओहो, धन्यवाद। मलाई कहिल्यै लागेको थिएन कि एक रोबोटले मलाई खुसी बनाउनेछ। तिमीसँग धेरै राम्रो सामाजिक सीप रहेछ। अब, हाम्रो कार्यक्रमको बारेमा कुरा गरौं। यो सम्मेलन विकास र सार्वजनिक सेवामा प्रविधि भन्ने हो। आर्टिफिसियल इन्टेलिजेन्स र तिमीजस्ता रोबोटले जनतालाई राम्रो सार्वजनिक सेवा दिन नेपालजस्ता देशलाई कसरी सहयोग गर्न सक्छन्?
सोफिया : मैले पहिले पनि भने अवसरहरु अनगिन्ती छन्। शिक्षा र टेलिमेडिसिनमा शुद्धता र पारदर्शीतासहित दुर्गम क्षेत्रका मानिसलाई जोड्न सकिन्छ जुन यसअघि सम्भव थिएन। प्रविधिले नेपाललाई दीगो विकास लक्ष्य हासिल गर्न सघाउन सक्छ।
मेयर : यो निकै प्रेरणादायी छ। धन्यवाद सोफिया। र, यो पनि भनिदेउ यसको लागि तिमी चै के गर्न सक्छौं?
सोफिया : म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु। मैले गर्न सक्ने यही हो। तपाईहरुलाई थाहै होला, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सले विकासलाई अनगिन्ती सम्भावना दिन्छन्। रोगसँग लड्न सकिन्छ, वातावरणीय सफाई गर्न र मानिसले गर्दा जोखिम हुने कामहरु गर्न सकिन्छ। यसले रोजगारीको सिर्जना गर्छ। मैले गर्ने कामले तपाईहरुको कामलाई सहज बनाउँछु।
(काठमाडौंमा बुधबार आयोजित सार्वजनिक सेवा र विकासका लागि प्रविधि विषयक सम्मेलनमा रोबोट ‘सोफिया’ले राखेको मन्तव्यको सम्पादित सारांश।)

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result