अमेरिका,लस एन्जल्स, २० मार्च/ भारतीय नाकाबन्दीको समयमा स्पष्ट रूपमा विरोध नगर्दै मधेसी दलले गरेको बन्द हो भन्नाले नेपाली काँग्रेसको पराजय भएको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले बताए । नेपाली जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सो कुरा बताएका हुन् । बाढीपिडितलाइ आफ्नो आज आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सो कुरा बताएका हुन् । बाढीपिडितलाइ आफ्नो सरकार भएको समयमा उचित राहत दिन नसक्नु, भूकम्प पीडितलाई राहत उपलब्ध गराउन नसक्नुसमेत काँग्रेसको पराजयको कारण भएको उनले बताए ।
नेपाली काँग्रेसले समानुपातिक तर्फ ल्याएको मत भनेको आफ्नो पार्टीको नीतिलाई मन पर्याएर दिएको समेत उनले बताए । आफ्नो मन्तव्यको क्रममा बस्नेतले ओली सरकार विधि विधान पूर्वक नचलेको समेत धारणा राखे ।
अमेरिका भ्रमणमा रहेका बस्नेतसँग यस अगाडि टेक्ससको डल्लासमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-