काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइएको छ।
नेपाली सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा अश्वकलाको प्रदर्शनी गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसहितको उपस्थितिमा घोडेजात्रा मनाइएको छ।
परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा दुःख दिने गरेपछि उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाइएको पाइन्छ।
प्रतिक्रिया लेख्नुहोस्:-