लस एन्जल्स, २२ मार्च/ विश्वव्यापी सामाजिक संस्था अन्तर्राष्ट्रिय लाइन्स क्लबको क्यालिफोर्निया स्टेट डिस्ट्रिक ४-एल३ अन्तर्गत “लस एन्जल्स हिमालयन लाइन्स क्लब “को स्थापना भएको छ। हाल पच्चिस चार्टर सदस्य रहेको र अन्य व्यक्तिहरू सदस्य बन्ने क्रममा रहेको सभापति सूर्य प्रसाइले जानकारी दिए ।
नवगठित लाइन्स कार्यसमितिको सभापतिमा सूर्य प्रसाई, प्रथम उपसभापति मदन पाठक, द्वित्तीय उपसभापति डोल्मा लामा, सचिव देवी नेपाल, कोषाध्यक्ष रोशनी ढुंगाना घिमिरे, टेल ट्वीस्टर शंकर राज वाग्ले, लायन टमेर शिब ढकाल, सदस्यता संयोजक नवीन पोखरेल, सदस्यहरू चन्द्र शिवाकोटी, राजेन्द्र शिवाकोटी, रेख उप्रेती, यम थापा, तुलसा लम्साल कोइराला, सिता उप्रेती र मिरा गौतम रहेका छन् ।
मार्च २५ आइतबार साँझपख स्थानीय तारा हिमालयन कुजिनमा संस्थाको औपचारिक घोषणा सभा राखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-