Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चामल ढुवानी ठेकेदार परे कारबाही

चैत्र ९, २०७४ ३:५२ मा प्रकाशित
Share on FacebookShare on Twitter

जाजरकोट, ९ चैत/ ढुवानीको जिम्मा लिएर समयमा चामल ढुवानी नगर्ने ठेकेदारलाई नेपाल खाद्य संस्थान जिल्ला शाखाले कारबाही गरेको छ ।

संस्थानले खाद्य संकट परेका बारेकोटस्थित घाट खाद्य डिपोमा चामल ढुवानी गर्न अटेर गर्ने सरोज एण्ड सपना सप्लायर्स भेरी २ लाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोडेको छ ।

एक हजार क्विन्टल खाद्य सामग्री ढुवानी गर्ने गरी ठेक्का स्वीकृति गराएको सो सप्लायर्सले ११९ क्विन्टल मात्र ढुवानी गरेको र अरु चामल ढुवानी गर्न आनाकानी गरेपछि कालोसूचीमा राखेर कारबाही गर्नुका साथै नयाँ ठेक्का ठेकेदारलाई ढुवानीको जिम्मा दिइएको शाखाका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सरकारले चालू आर्थिक वर्षमा नायकवाडाको घाट खाद्य डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो ।समयमा ढुवानी नगर्दा चामल लिन डिपो आएका सर्वसाधारण रित्तै फर्कन थालेका छन् ।

कममा ढुवानी गर्ने सहमति
कालोसूचीमा परेको सप्लायर्सले जाजरकोट खलंगादेखि डिपोसम्मको ढुवानी घटाघटमा प्रतिक्विन्टल एक हजार ४७५ मा ठेक्का सदर गरेको थियो । खलंगा बारेकोट ढुवानीका लागि कम्तीमा रु एक हजार ८०० प्रतिक्विन्टल लाग्ने गरेको छ । स्वीकृत दरमा ढुवानी गर्दा प्रतिक्विन्टल करिब रु ३०० घाटा हुने देखिन्छ ।

चामल ढुवानी गर्नुपर्ने दबाब परेपछि घाटा सहेर ढुवानी गर्नुभन्दा उनी कारबाही भोग्न तयार भएका हुन् । गत वर्षहरूमा डिपोमा कर्मचारी नहुँदा बाटोमै बिक्री गर्ने र सबै चामल ढुवानी नगर्ने भएकाले कमदरमा पनि ठेकेदारले फाइदा लिने गरेका थिए । त्यही प्रक्रिया अपनाउनका लागि नै ठेकेदारले ढुवानी गर्न आनाकानी गरिरहेका अनुमान सम्बद्ध व्यक्तिको छ तर यसपटक जनप्रतिनिधि आएका र डिपोमा पनि कर्मचारी भएकाले ठेकेदार चामल ढुवानी गर्नुपर्ने दबाब परेको थियो । ढुवानीको जिम्मा लिएका सप्लायर्सका प्रोपराइटर सुनारले खच्चड नपाइएको र बाटो अप्ठ्यारोे भएकाले चामल ढुवानीमा ढिलाइ भएको स्वीकार गर्नुभयो । उहाँले असारसम्म ढुवानी गर्ने सम्झौता भए पनि बीचमै टेण्डर तोडेकाले धरौटी रु ७३ हजार गुमेको र आफ्नो फर्मलाई कालोसूचीमा राखेकोमा न्यायका लागि अदालत जाने बताउनुभयो ।

सदरमुकाममा छ गाउँमा छैन
जिल्ला सदरमुकाम खलंगास्थित खाद्य संस्थानमा अहिले बिक्री नभएर चामल थन्किएको छ भने ग्रामीण भेकमा रहेका खाद्य डिपोमा भने चामल नपुगेर स्थानीय हैरान छन् । प्रत्येक डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरिए पनि हालसम्म बारेकोटको घाट डिपोमा ११९, दशेरास्थित खाद्य डिपोमा ३२९ क्विन्टल, पजारुको घोगीमा ३५१ र रग्दाको चौखामा ७०० क्विन्टल चामल ढुवानी गरिएको सो शाखाले जनाएको छ ।

किन हुन्छ बारेकोटमा अभाव
साविकका सक्ला, रामीडाँडा, रोकायगाँउ र नायकवाडा गाविस मिलाएर बनाइएको यो बारेकोट गाँउपालिका जुम्लासँग सिमाना जोडिएको छ । यहाँ उत्पादित अन्नले छ महिना पनि नपुग्ने र आयस्रोतका अन्य माध्यम नहुँदा स्थानीय रोजगारीका लागि भारत जाने गर्दछन् ।

उच्च लेकाली भूभाग भएकाले धान उत्पादन न्यून हुन्छ । जौ, गहँु, मकै, कोदो, फापर फल्ने यस क्षेत्रमा स्थानीय उत्पादनमा खासै जोड नदिंदा खाद्य संस्थानकै भरमा स्थानीय छन् ।स्थानीय वीरेन्द्रऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंह भन्नुहुन्छ , श्रम गर्ने बानी हटिसक्यो, भाते बानीले गर्दा पनि बारेकोटमा सधै चामलको अभाव हुने गरेको हो ।

श्रम गर्ने युवा जति कामको खोजीमा भारतलगायतका खाडीमुलुकमा गएकाले गाउँमा प्राय बालबालिका, महिला र वृद्धवृद्धा मात्र छन् । हेमन्त केसी/रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result