Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काठमाडौँ–सुर्खेत सिधा हवाई सेवा शुरु हुने

चैत्र ९, २०७४ २:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ चैत ९ / केन्द्रीय राजधानी काठमाडौँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिधा हवाई सेवा सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार कर्णालीको पर्यटन विकाससम्बन्धी छलफलको निर्णयसँगै सुर्खेत उडान शुरु गर्न लागिएको हो । काठमाडौँबाट करीव एक घण्टाको हवाई यात्रापछि सुर्खेत पुगिन्छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको पर्यटन विकासका लागि प्रत्यक्ष हवाई उडान गर्ने निर्णय भएको थियो ।

छलफलमा सहभागी हवाई सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधिले काठमाडौँ सुर्खेत नियमित उडान गर्ने प्रतिबद्धता जनाएको पर्यटन मन्त्रालयले जनाएको छ ।

पर्यटनमन्त्री अधिकारीले काठमाडौँ सुर्खेत सिधा उडानका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने भन्दै तत्काल उडान सञ्चालन गर्ने र उडानसम्बन्धी समस्यालाई छलफलका माध्यमबाट समाधान गरिने बताउनुभयो ।

कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले सरकारले ‘रारा कर्णाली पर्यटन वर्ष–२०७५’ मनाउन लागेको सन्दर्भमा कर्णाली प्रदेशमा हवाई उडान भए काठमाडौँ कर्णालीवासीको मुहारमा खुशी जोडिने बताउनुभयो ।

छलफलमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एरलाइन्स, बुद्ध एयर, तारा एयर, सीता एयर, सिम्रिक एयरलाइन्ससहित विभिन्न हवाई सेवा प्रदायकको उपस्थिति रहेको थियो ।

उक्त छलफलमा बुद्धएयर नेपाल एरलाइन्सले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आउँदो वैशाख १ गतेदेखि हुने रारा कर्णाली महोत्सवलाई यो उडानले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बुद्धएयरले वैशाख १ देखि उडान शुरु गर्ने

निजी वायुसेवा कम्पनी बुद्ध एयरले वैशाख १ गतेदेखि काठमाडौँ–सुर्खेत उडान सञ्चालन गर्ने भएको छ ।

देशको बद्लिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौँसँग जोड्नु आफ्नो दायित्व भएको भन्दै नयाँ वर्ष वैशाख १ देखि पुनःउडान सञ्चालन गरिने बुद्ध एयरले आज विज्ञप्तिमार्फत जनाएको हो ।

उडान सञ्चालनका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएलगत्तै बुद्धले १८ सिट क्षमताको बीच १९०० डि जहाजबाट काठमाडौँ–सुर्खेत–काठमाडौँको दैनिक एक उडान भर्ने योजना बनाएको छ ।

बुद्ध एयरले यसअघि विसं २०६९ पुसदेखि २०७० असारसम्म काठमाडौँबाट सुर्खेतको दैनिक उडान सञ्चालन गरेको थियो । उक्त अवधिमा प¥र्याप्त यात्रु नहुँदा आर्थिक भार परी सुर्खेत उडान बाध्यताबश रोकिन गएको कम्पनीले जनाएको छ ।

नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम एकतर्फी भाडा दर रु ११ हजार ४१९ भए तापनि आधा सिट रु आठ हजार ५०० र बाँकी आधा सिट रु १० हजार ५०० मा बेच्ने कम्पनीले जनाएको छ । यता राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले पनि चाँडै सुर्खेत उडान भर्ने जनाएको छ । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result