Friday, February 3, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालमा प्रत्येक वर्ष ४५ हजार क्षयरोगी थपिँदै

चैत्र १०, २०७४ १:२७ मा प्रकाशित
नेपालमा प्रत्येक वर्ष ४५ हजार क्षयरोगी थपिँदै

/fli6«o Ifo/f]u s]Gb| l7dLn] …;a} txsf] ;lqmo g]t[Tjsf] k|lta4tf, Ifo/f]u d'Qm g]kfnsf] ;'lglZrttfÚ eGg] gf/fsf] ;fy cfh l7dLdf cfof]hgf u/]sf] o;jif{ ljZj Ifo/f]u lbj; @)!* df ;xefuL xF'b} :jf:Yo tyf hg;+Vof /fHodGqL kbdfs'df/L cof{nnufotsf cltlyx? . tl:j/ M /d]z lu/L, eQmk'/, /f;;

Share on FacebookShare on Twitter

भक्तपुर, १० चैत/ नेपाललाई सन् २०३५ सम्ममा क्षयरोग मुक्त देश बनाउने सरकारले लक्ष्य लिएको छ । विश्व स्वास्थ्य संगठनको विश्वव्यापी क्षयरोग उन्मूलन गर्ने लक्ष्यअनुरुप नेपाललाई पनि क्षयरोग मुक्त देश बनाउन सरकारले लक्ष्य लिएको हो ।

नेपालमा हरेक वर्ष १० देखि १३ हजार क्षयरोगका बिरामी हराइरहेका छन् । ती बिरामी कहाँ छन् ? कस्तो अवस्थामा छन् ? उपचार पाएका छन् कि छैनन् ? भन्ने यथार्थ अवस्थासमेत आउन नसकेको अवस्थामा देशलाई अबको १७ वर्षमा क्षयरोग मुक्त बनाउन सकिन्छ त ? यो प्रश्न गम्भीर र चुनौतीका रुपमा अगाडि आएको छ ।

आज मार्च २४ का दिन विश्वका १६५ देशमा विश्व क्षयरोग दिवस मनाइरहँदा नेपालले पनि ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराको साथ भव्य रुपमा विश्व क्षयरोग दिवस २०१८ मनाइरहेको छ । के यो दिवसले अबको १७ वर्षमा देशलाई क्षयरोग मुक्त बनाउँन सक्छ त ? यो प्रश्नको जवाफ खोज्ने बेला आएको छ ।

यस्तो छ क्षयरोगको अवस्था

राष्ट्रिय क्षयरोग केन्द्रका कार्यकारी निर्देशक डा केदार नरसिंह केसीले नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन्, आव ०७३-७४ मा ३१ हजार ७६४ नयाँ क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याइएको छ तर पनि अझै १० देखि १३ हजार नयाँ क्षयरोगका बिरामी हराइरहेका छन्, नयाँ र पुराना गरी २८ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउनुपर्ने छ, यो चुनौती छ ।”

यो चुनौतीबीच पनि नेपालमा पत्ता लागेका क्षयरोगका बिरामीको उपचारमा सफलताको दर भने ९० प्रतिशत रहेको दाबी केन्द्रको छ । केन्द्रका अनुसार विश्वमा हरेक वर्ष ८० लाख नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् भने र हरेक वर्ष क्षयरोगबाट विश्वमा २० लाख मानिसको मृत्यु हुनेछ । नेपालमा भने क्षयरोगबाट हरेक वर्ष पाँचदेखि सात हजारको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।

सरकारले आव ०७३-७४ मा चार हजार ३२१ उपचार केन्द्र, ९६ वटा शहरी डट्स केन्द्रबाट क्षयरोगका उपचार सेवा, ६०४ रोग निदान केन्द्र, २७ वटा जिन एक्सपर्ट केन्द्र र दुईवटा प्रेषण प्रयोग शाखामार्फत क्षयरोगको सेवा दिइरहेको छ । औषधि प्रतिरोधी क्षयरोगका २८ उपचार केन्द्र र ८१ उपचार उपकेन्द्रमार्फत सेवा उपलब्ध गराएको केन्द्रका कार्यकारी निर्देशक डा केसीले बताउनुहुन्छ । नेपालमा औषधि प्रतिरोधी क्षयरोग बिरामीको संख्या बढ्दै जानु सरकारका लागि चुनौती बन्दै गएको उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार खकारमा कीटाणु देखिएका वार्षिक एक हजार औषधि प्रतिरोधी क्षयरोगका बिरामी थपिन्छन् भने यीमध्ये ४०० बिरामीको मात्रै रोग पत्ता लगाई उपचारमा ल्याउन सफल भएको छ । उपचारमा रहेको उक्त बिरामीमध्ये पनि ४६ प्रतिशत बिरामीमा मात्रै एन्टिबायोटिक औषधिको प्रभाव देखिएकाले यो निकै चुनौतीपूर्ण रहेको बताइएको छ ।

केन्द्रका पूर्वकार्यकारी निर्देशक डा राजेन्द्र पन्तले क्षयरोगका कारण नेपालमा वर्षेनी पाँचदेखि सात हजारको मृत्यु हुने गरेको बताउनुभयो । दुर्गमका कतिपय बिरामी अझै पनि उपचारको पहुँचसम्म पुग्न नसकेको, कतिपय बिरामी खकार परीक्षण गर्ने स्वास्थ्य सेवासम्म नपुग्ने गरेको, कतिपय बिरामी सामान्य औषधि खाएर बस्ने र उपचारका लागि नजाने गर्दा पनि वार्षिक १० देखि १३ हजार नयाँ बिरामी स्वास्थ्य उपचारको पहुँचमा आउन नसकेको बताउनुहुन्छ । सबै बिरामीको पहिचान गरी उपचारमा ल्याउनका लागि अब स्थानीय तहको सक्रियता आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली क्षयरोगको जोखिममा रहेका छन् । विशेषगरी १५ देखि ४९ वर्षका उमेर समूहकालाई बढी यो रोगको जोखिममा रहेका छन् । नेपालमा हुने क्षयरोगमध्ये ७५ प्रतिशतभन्दा बढी फोक्सो कै क्षयरोग हुने गरेको छ । त्यसको अलावा पाठेघर, पेट, कलेजो, मिर्गाैला, मष्तिस्क, हड्डी र अन्य ग्रन्थीमा क्षयरोग हुने गरेको पाइएको छ । तीन हप्ता वा सो भन्दा बढी खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्र्रो या छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुश भएमा क्षयरोग हुन सक्ने चिकित्सकको भनाइ छ । नेपालमा निःशुल्क उपचार हुने क्षयरोगको नियिमित औषधि सेवनबाट सहजै निको हुन्छ । यद्यपि ५ वर्ष मुनिको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेमा, चुरोट, रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण सेवन नगरेकामा भने फेरि क्षयरोग दोहरिने सक्ने चिकित्सक बताउँछन् ।

क्षयरोग उन्मूलनको यस्तो छ योजना 

राष्ट्रिय क्षयरोग केन्द्रले विश्व स्वास्थ्य संगठनको सिफारिशअनुसार क्षयरोग निवारण रणनीति अवलम्बन गरी २०१६ देखि २०२१ सम्मको पञ्च वर्षीय राष्ट्रिय रणनीति योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी आगामी वर्षभित्र देशभरका ७३५ वटा स्थानीय तहमा क्षयरोगका बारेमा जनचेतना फैलाउन अभिमुखीकरण गरिने भएको छ । अभिमुखीकरण अभियान सुरु भइसकेको केन्द्रका कार्यकारी निर्देशक केसी बताउनुहुन्छ ।

देशभरका हिमाल, पहाड र तराई समेट्ने गरी ५५ जिल्लाका ९९ समूहका करीव ५७ हजार ६१० जनाको प्रत्यक्ष घरदैलोमा पुगी अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणका माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन केन्द्रले क्षयरोगका बिरामीको सर्वेक्षणसमेत शुरु गरेको निर्देशक डा केसीले बताउनुभयो । गत महिनादेखि थिमिबाट यो अभियान शुरु भएकोे हो । सरकारले क्षयरोगका बिरामीको उपचारमा सहजता ल्याउन बिरामीलाई यातायात तथा पोषण भत्ता रु तीन हजार र खकारमा कीटाणु देखिएर पुन: बल्झिएका बिरामीलाई रु ५०० प्रदान गर्दै आएको यसलाई बढाउँदै लैजाने र आवास सुविधामा बसेर उपचार गराइरहेका बिरामीलाई विभिन्न सीपमूलक तालीमसमेत दिँदै आएको छ । रमेश गिरी / रासस

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
स्वास्थ्य / शिक्षा

नेपालमा हालसम्म कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

नेपालमा हालसम्म मंकीपक्सको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य / शिक्षा

नेपालमा हालसम्म कोरोनाको नयाँ भेरियन्ट देखा परेको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना अपडेट :  बुधबार २७१ संक्रमित थपिए
स्वास्थ्य / शिक्षा

कोरोना संक्रमणदर न्यून, पछिल्लो २४ घण्टामा १० संक्रमित थपिए

महामारीकै रुपमा फैलिन थाल्यो डेंगी, हालसम्म १२ हजार बढी संक्रमित
Breaking News

डेंगीबाट २८ हजार बढी संक्रमित

कास्कीमा कांग्रेस  महामन्त्री गगनको उद्घोष, स्थानीय तहमा तालमेल गर्ने कि नगर्ने भन्‍ने निर्णय स्थानीय तहले नै गर्छ
Breaking News

डेंगी नियन्त्रणका लागि सरकारले काम नगरेको गगन थापाको गुनासो

महामारीकै रुपमा फैलिन थाल्यो डेंगी, हालसम्म १२ हजार बढी संक्रमित
स्वास्थ्य / शिक्षा

महामारीकै रुपमा फैलिन थाल्यो डेंगी, हालसम्म १२ हजार बढी संक्रमित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.