Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालमा प्रत्येक वर्ष ४५ हजार क्षयरोगी थपिँदै

चैत्र १०, २०७४ १:२७ मा प्रकाशित
नेपालमा प्रत्येक वर्ष ४५ हजार क्षयरोगी थपिँदै

/fli6«o Ifo/f]u s]Gb| l7dLn] …;a} txsf] ;lqmo g]t[Tjsf] k|lta4tf, Ifo/f]u d'Qm g]kfnsf] ;'lglZrttfÚ eGg] gf/fsf] ;fy cfh l7dLdf cfof]hgf u/]sf] o;jif{ ljZj Ifo/f]u lbj; @)!* df ;xefuL xF'b} :jf:Yo tyf hg;+Vof /fHodGqL kbdfs'df/L cof{nnufotsf cltlyx? . tl:j/ M /d]z lu/L, eQmk'/, /f;;

Share on FacebookShare on Twitter

भक्तपुर, १० चैत/ नेपाललाई सन् २०३५ सम्ममा क्षयरोग मुक्त देश बनाउने सरकारले लक्ष्य लिएको छ । विश्व स्वास्थ्य संगठनको विश्वव्यापी क्षयरोग उन्मूलन गर्ने लक्ष्यअनुरुप नेपाललाई पनि क्षयरोग मुक्त देश बनाउन सरकारले लक्ष्य लिएको हो ।

नेपालमा हरेक वर्ष १० देखि १३ हजार क्षयरोगका बिरामी हराइरहेका छन् । ती बिरामी कहाँ छन् ? कस्तो अवस्थामा छन् ? उपचार पाएका छन् कि छैनन् ? भन्ने यथार्थ अवस्थासमेत आउन नसकेको अवस्थामा देशलाई अबको १७ वर्षमा क्षयरोग मुक्त बनाउन सकिन्छ त ? यो प्रश्न गम्भीर र चुनौतीका रुपमा अगाडि आएको छ ।

आज मार्च २४ का दिन विश्वका १६५ देशमा विश्व क्षयरोग दिवस मनाइरहँदा नेपालले पनि ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराको साथ भव्य रुपमा विश्व क्षयरोग दिवस २०१८ मनाइरहेको छ । के यो दिवसले अबको १७ वर्षमा देशलाई क्षयरोग मुक्त बनाउँन सक्छ त ? यो प्रश्नको जवाफ खोज्ने बेला आएको छ ।

यस्तो छ क्षयरोगको अवस्था

राष्ट्रिय क्षयरोग केन्द्रका कार्यकारी निर्देशक डा केदार नरसिंह केसीले नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन्, आव ०७३-७४ मा ३१ हजार ७६४ नयाँ क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याइएको छ तर पनि अझै १० देखि १३ हजार नयाँ क्षयरोगका बिरामी हराइरहेका छन्, नयाँ र पुराना गरी २८ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउनुपर्ने छ, यो चुनौती छ ।”

यो चुनौतीबीच पनि नेपालमा पत्ता लागेका क्षयरोगका बिरामीको उपचारमा सफलताको दर भने ९० प्रतिशत रहेको दाबी केन्द्रको छ । केन्द्रका अनुसार विश्वमा हरेक वर्ष ८० लाख नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् भने र हरेक वर्ष क्षयरोगबाट विश्वमा २० लाख मानिसको मृत्यु हुनेछ । नेपालमा भने क्षयरोगबाट हरेक वर्ष पाँचदेखि सात हजारको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।

सरकारले आव ०७३-७४ मा चार हजार ३२१ उपचार केन्द्र, ९६ वटा शहरी डट्स केन्द्रबाट क्षयरोगका उपचार सेवा, ६०४ रोग निदान केन्द्र, २७ वटा जिन एक्सपर्ट केन्द्र र दुईवटा प्रेषण प्रयोग शाखामार्फत क्षयरोगको सेवा दिइरहेको छ । औषधि प्रतिरोधी क्षयरोगका २८ उपचार केन्द्र र ८१ उपचार उपकेन्द्रमार्फत सेवा उपलब्ध गराएको केन्द्रका कार्यकारी निर्देशक डा केसीले बताउनुहुन्छ । नेपालमा औषधि प्रतिरोधी क्षयरोग बिरामीको संख्या बढ्दै जानु सरकारका लागि चुनौती बन्दै गएको उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार खकारमा कीटाणु देखिएका वार्षिक एक हजार औषधि प्रतिरोधी क्षयरोगका बिरामी थपिन्छन् भने यीमध्ये ४०० बिरामीको मात्रै रोग पत्ता लगाई उपचारमा ल्याउन सफल भएको छ । उपचारमा रहेको उक्त बिरामीमध्ये पनि ४६ प्रतिशत बिरामीमा मात्रै एन्टिबायोटिक औषधिको प्रभाव देखिएकाले यो निकै चुनौतीपूर्ण रहेको बताइएको छ ।

केन्द्रका पूर्वकार्यकारी निर्देशक डा राजेन्द्र पन्तले क्षयरोगका कारण नेपालमा वर्षेनी पाँचदेखि सात हजारको मृत्यु हुने गरेको बताउनुभयो । दुर्गमका कतिपय बिरामी अझै पनि उपचारको पहुँचसम्म पुग्न नसकेको, कतिपय बिरामी खकार परीक्षण गर्ने स्वास्थ्य सेवासम्म नपुग्ने गरेको, कतिपय बिरामी सामान्य औषधि खाएर बस्ने र उपचारका लागि नजाने गर्दा पनि वार्षिक १० देखि १३ हजार नयाँ बिरामी स्वास्थ्य उपचारको पहुँचमा आउन नसकेको बताउनुहुन्छ । सबै बिरामीको पहिचान गरी उपचारमा ल्याउनका लागि अब स्थानीय तहको सक्रियता आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली क्षयरोगको जोखिममा रहेका छन् । विशेषगरी १५ देखि ४९ वर्षका उमेर समूहकालाई बढी यो रोगको जोखिममा रहेका छन् । नेपालमा हुने क्षयरोगमध्ये ७५ प्रतिशतभन्दा बढी फोक्सो कै क्षयरोग हुने गरेको छ । त्यसको अलावा पाठेघर, पेट, कलेजो, मिर्गाैला, मष्तिस्क, हड्डी र अन्य ग्रन्थीमा क्षयरोग हुने गरेको पाइएको छ । तीन हप्ता वा सो भन्दा बढी खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्र्रो या छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुश भएमा क्षयरोग हुन सक्ने चिकित्सकको भनाइ छ । नेपालमा निःशुल्क उपचार हुने क्षयरोगको नियिमित औषधि सेवनबाट सहजै निको हुन्छ । यद्यपि ५ वर्ष मुनिको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेमा, चुरोट, रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण सेवन नगरेकामा भने फेरि क्षयरोग दोहरिने सक्ने चिकित्सक बताउँछन् ।

क्षयरोग उन्मूलनको यस्तो छ योजना 

राष्ट्रिय क्षयरोग केन्द्रले विश्व स्वास्थ्य संगठनको सिफारिशअनुसार क्षयरोग निवारण रणनीति अवलम्बन गरी २०१६ देखि २०२१ सम्मको पञ्च वर्षीय राष्ट्रिय रणनीति योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी आगामी वर्षभित्र देशभरका ७३५ वटा स्थानीय तहमा क्षयरोगका बारेमा जनचेतना फैलाउन अभिमुखीकरण गरिने भएको छ । अभिमुखीकरण अभियान सुरु भइसकेको केन्द्रका कार्यकारी निर्देशक केसी बताउनुहुन्छ ।

देशभरका हिमाल, पहाड र तराई समेट्ने गरी ५५ जिल्लाका ९९ समूहका करीव ५७ हजार ६१० जनाको प्रत्यक्ष घरदैलोमा पुगी अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणका माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन केन्द्रले क्षयरोगका बिरामीको सर्वेक्षणसमेत शुरु गरेको निर्देशक डा केसीले बताउनुभयो । गत महिनादेखि थिमिबाट यो अभियान शुरु भएकोे हो । सरकारले क्षयरोगका बिरामीको उपचारमा सहजता ल्याउन बिरामीलाई यातायात तथा पोषण भत्ता रु तीन हजार र खकारमा कीटाणु देखिएर पुन: बल्झिएका बिरामीलाई रु ५०० प्रदान गर्दै आएको यसलाई बढाउँदै लैजाने र आवास सुविधामा बसेर उपचार गराइरहेका बिरामीलाई विभिन्न सीपमूलक तालीमसमेत दिँदै आएको छ । रमेश गिरी / रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result