Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्षमताभन्दा बढी कैदी

चैत्र १०, २०७४ १:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

बाजुरा, १० चैत/ बाजुरा जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ । कारागारमा २५ जनाको कैदी क्षमता भएको कारगारमा ३१ जना कैदी राखिएको जिल्ला कारगार बाजुराले जनाएको छ ।

कैदी राखिएको भवन पनि जीर्ण बन्दै गएकाले मर्मत नहुँदा बास बस्नसमेत अवस्थामा नरहेको कैदीले गुनासो गरेका छन् । २०३९ सालमा स्थापना गरिएको कारागार कार्यालय ३५ वर्ष बितिसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन् ।

जम्मा २५ जना कैदी बन्दीका लागि क्षमता भएको बन्दी गृहमा भवन अभावमा ३१ जना कैदी बन्दी जीर्ण भवनमा बस्न बाध्य भएका छन् । २५ जनाको क्षमता रहेको बन्दीगृहमा अहिले फरकफरक अपराधमा संलग्न रहेका कैदी बन्दी बसोबास गर्दै आइरहेको जिल्ला कारागार प्रमुख नन्दसिंह कार्कीले जानकारी दिनुभयो ।

कारागार प्रमुख कार्कीका अनुसार कर्तव्य ज्यान मुद्दामा १० र चार पुर्पक्ष थुनुवा गरी १४ जना कर्तव्य ज्यान मुद्दाका रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा आठ कैदी र तीन पुर्पक्ष थुनुवा गरी ११ जना रहेका छन् । त्यसैगरी ज्यान मार्ने उद्योग एक, ओसार पसार मुद्दामा थुनुवा एक, लागुऔषध मुद्दामा थुनुवा दुई र बालविवाह मुद्दामा एक गरी ३१ जना कैदी कारगारमा रहेको कार्कीको भनाइ छ । जसमा कैदी १९ र थुनुवा १२ जना रहेको कारागार कार्यालय बाजुराले जनाएको छ ।

कैदी बन्दीको सुरक्षाका लागि खटिएको कारागार सुरक्षा गार्डको भवन पनि जीर्ण रहेको छ । कैदी बन्दीको सुरक्षाका लागि २० जनाको दरबन्दी भए पनि पर्याप्त मात्रामा सुरक्षाकर्मी नभएकोे बताइएको छ । जेलर कर्मचारी नभएकै कारण आफूहरुले सास्ती बेहोर्नु परेको छ ।

खानामा पनि गुणस्तर नभएको एक वर्षदेखि चर्पीको समेत समस्या भएको कैदी नाइके विमल शाहीले बताउनु भएको छ । उहाँले आफूहरु हरेक मुद्दा लागेर जेल आए पनि धेरै काम गर्न सक्ने क्षमता भएका कैदीलाई यसरी बन्द कोठामा राख्नुभन्दा देश निर्माणका अभियानमा लगाउनुपर्ने कैदी नाइके शाहीले बताउनुभयो । सरकारी बाटो खन्न होस् या कुनै पुल बनाउन कैदीको जमातलाई प्रयोग गरे देशमा धेरै राहत हुने दाइ नाइके रुपेश रावल बताउनुभयो ।

बाजुरा जिल्लाको कारागारमा आयआर्जन वा सीप विकास तालीम आवश्यक रहेको कैदी बन्दी मोहन बिष्ट बताउनुभयो । जेलभित्र नै विभिन्न सीप सिकाएर आयआर्जनका कार्यमा जिल्ला कारागारले ध्यान नदिएको उहाँको गुनासो छ ।

जिल्ला कारागार कार्यलयका प्रमुख तथा जेलर नन्दसिंह कार्की पनि कैदी बन्दीलाई भएको समस्या स्वीकार गर्नुभएको छ । कार्कीले भन्नुभयो, “खानेपानी, शौचालय, विद्युत्देखि कार्यालयका कर्मचारीको अभाव र बन्दीलाई हेरचाह गर्ने सुरक्षाकर्मीको ब्यारेकसमेत जीर्ण बन्दै गएको छ ।” १० जना कर्मचारी दरबन्दी रहेको कारागार बाजुरामा हाल पाँच जना मात्र कर्मचारी कार्यरत रहेको र २५ जना क्षमता रहेको कारागार बाजुरामा हाल ३१ जना राख्नुपरेको उहाँले बताउनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result