Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उपत्यकाबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन

चैत्र १०, २०७४ १:३२ मा प्रकाशित
उपत्यकाबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन

xg'dGt] gbL ;kmfO{sf] rf}yf] xKtfdf cfh g]kfnsf rlr{t xf:o snsf/ tyf ;dfh;]jL l;tf/fd s66]n …w'd'{zÚ sf] g]t[Tjdf ePsf] xg'dGt] vf]nf ;/;kmfO{df ;xeflu x'Fb} . tl:j/ M /d]z lu/L, eQmk'/, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, १० चैत/ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २५४औँ हप्तामा आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सामाजिक संस्थाको संस्थागत सहभागिता रहेको थियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियन्ताको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ । सफाइ महाअभियानले अटुट रुपमा २५४ हप्ता पार गरेको छ । शनिबार चाडपर्व परे पनि सफाइ अभियानलाई निरन्तरता दिइएको उहाँले सुनाउनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१५औँ हप्तामा एभरेष्ट पेट्रोल पम्प मुनिको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

वाग्मतीको पानी फोहर भई छोडिएका बाच्छा पानी खाएर मर्न थालेपछि समाजले धाराको पानीमा नून हालेर खुवाउने अभियानलाई पनि निरन्तरता दिएको छ । यो अभियानमा सहयोग गर्नेको संख्यासमेत बढिरहेको अभियानले जनाएको छ । यसअघि यस क्षेत्रमा फोहर पानीका कारण हुर्किएका माछा पनि मरेका थिए ।

रुद्रमती सफाइको २०९औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित राममन्दिर परिसरमा जनचेतनामूलक सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मन्दिरमा रामनवमीका अवसरमा आइतबार विशेष मेला लाग्छ ।

सफाइमा रुद्रमती समन्वय समितिका अध्यक्ष एवम् पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायत अभियन्ताको उपस्थिति थियो । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाको सक्रियता रहेको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइको १८०औँ हप्ताका अभियन्ता चक्रपथ सफाइको ५०औँ हप्ताको कार्यक्रममै सहभागी भएको अभियन्ता बिजेन्द्र लामाले जानकारी दिनुभयो । वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५९औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो । नदीमा वाग्मती सौन्दर्यीकरणको कार्य भइरहेकाले जनचेतनामूलक अभियान सञ्चालन गरिएको उहाँले सुनाउनुभयो ।

मीनभवन क्षेत्रको आलोकनगर सफाइको ५०औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । चक्रपथको बाफल खण्डको ३२औँ हप्ताको सफाइका क्रममा बालाजु क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाउनुभयो । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result