Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विपद् जोखिम न्यूनीकरण ऐन कार्यान्वयनको माग

चैत्र ११, २०७४ २:३२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ चैत / विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को कार्यान्वयन शुरु नगरे प्रकोपजन्य घटनाको क्षति कम गर्न नसकिनेमा जोड दिइएको छ ।

हिमालय कञ्जरभेसन ग्रुप नेपालले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रमका वक्ताले वातावरण संरक्षण परिषद्को अवस्थामा ऐनमा व्यवस्था गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्लाई नपु¥याउन माग गरेका थिए ।

दुवै परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । मुलुकको कार्यकारी प्रमुख धेरै संस्थाको अध्यक्ष हुँदा बैठकसमेत बस्न नसकेको उदाहरण प्रस्तुत गर्दै विज्ञहरुले विपद् व्यवस्थापन ऐनका प्रावधानलाई कार्यान्वयन शुरु गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष एवं पूर्वमन्त्री गंगालाल तुलाधरले हाल वार्षिक करिब एक हजार मानिस विभिन्न प्रकारका विपद्जन्य घटनामा परी मर्ने गरेकाले सन् २०३० सम्म आधा कम गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रा डा जीवराज पोखरेलले ऐन धेरै बने पनि सबैको कार्यान्वयन प्रभावकारीरुपमा हुन नसकेकाले विपद्लाई पनि त्यहीरुपमा अघि बढाउन नहुने बताउनुभयो । ऐनमा पूर्व तयारीका बारेमा उल्लेख नभएकाले संशोधनमार्फत त्यसको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

गृह मन्त्रालयका सहसचिव एवं विपद् व्यवस्थापन महाशाखा प्रमुख केदार न्यौपानेले स्रोत साधनको अभावका बाबजुत विपद् व्यवस्थापनका काम गर्नुपरेको गुनासो गर्नुभयो । सरकारी र गैर सरकारी संस्थाले एकअर्कामा आरोप प्रत्यारोपमा नउत्री सहकार्यका साथ कार्यान्वयनमा लाग्न उहाँले आह्वान गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान विपद् अध्ययन केन्द्रका प्रमुख प्रा डा नगेन्द्र सिटौलाले प्रकृतिलाई बचाए मात्र विपद्को जोखिम न्यून गर्न सकिने बताउनुभयो । ऐनमा विपद् प्रभाव मूल्यांकनको व्यवस्था गरिनुपर्ने उहाँको सुझाव थियो ।

आयोजक संस्थाका प्रा डा रञ्जनकुमार दाहाल र डा मीनबहादुर पौडेल क्षत्री, त्रिभुवन विश्वविद्यालय वातावरण विभागका प्रा केदार रिजाल, डिफिनेटका अध्यक्ष रामचन्द्र न्यौपाने र सदस्य दीपक पौडेल, अक्सफामकी संगीता शाक्यलगायतले ऐनका प्रावधानका विषयमा जनस्तरसम्म जनचेतना जगाइनुपर्नेमा जोड दिनुभयो ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result