Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाले न्यूयोर्कमा नेपाली युवा अनिलको ज्यान मात्रै लिएन, हाम्रो धर्म-संस्कृतिमा पनि ठूलो मुक्का लगायो ।

चैत्र १२, २०७६ ९:५४ मा प्रकाशित
कोरोनाले न्यूयोर्कमा नेपाली युवा अनिलको ज्यान मात्रै लिएन,  हाम्रो धर्म-संस्कृतिमा पनि ठूलो मुक्का लगायो ।
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

कोरोना भाईरसले न्यूयोर्क शहरमा एक उद्यमशील  नेपाली युवा अनिल लिम्बुको ज्यान मात्रै लिएन  , कठै ! हाम्रो धर्म-संस्कृतिमा पनि एउटा ठूलो मुक्का लगाएर गयो ।

शायदै कुनै नेपालीले अनिल लिम्बुको परिवारले  भोग्नु परेको जटिलतम र कठिनतम घडीको बारेमा संवेदनशील भएर सोचेको होला ! उनको मृत्यु त कारूणिक छँदैछ तर त्यसमा पनि उनको परिवारले भोग्नु परेको समस्या झन संवेदनशील र मर्माहतपूर्ण छ ।

उनको मृत्युसंग अहिले आएर अमेरिकी क़ानून र हाम्रो संस्कृति पनि जोडिएको छ  । हुन त अहिले नेपालमै भए पनि यस्तो अवस्थामा सामाजिक दूरी र सतर्कता त अपनाउनुनै पर्थ्यो होला तर यति धेरै जटिलता हरूको बिचमा अल्झिनु पर्ने थिएन होला सम्बन्धित लिम्बु परिवारले नेपालमा भएको भए ।

अमेरिकी क़ानून कड़ा छ, हुनु पनि पर्छ र त विधिको शासन छ यहाँ तर लिम्बु परिवारलाई यो अमेरिकी क़ानून घर- परिवार र समाजलाई छुट्याउने र मर्दा- पर्दा चाहिने साथ- सहयोग र समर्थनबाट वंचित गराउने साबित भएको छ । त्यो दु:खद विषय बनेको छ !

मलाई यो लिम्बु परिवारको बारेमा त्यति राम्रोसंग थाहा छैन तर मैले सोधी- खोजी गर्दा अनिल भाई सामाजिक र मिलनसार व्यक्तित्व थिए र परिवार पनि सामाजिक छ । पंक्तिकारले प्राप्त गरेको सूचना अनुसार लिम्बु पेशाले उबर ड्राईवर थिए र पत्नी र परिवार सहित बस्थे । नेपाली कर्मठ युवाको यसरी असामयिक मृत्यु हुनु दु:खद र मन पोल्ने कुरा हो तर आज अहिलेको घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्नु बाहेक अन्य विकल्प छैन ।

मैले उठाउन खोजेको प्रसंग: लिम्बुभाईको मृत्यु, अमेरिकी क़ानून र हाम्रो सांस्कृतिक चाल- चलन र परम्परा हो । हाम्रो जरो नेपाल हो र हाम्रा कतिपय स्वकीय चाल-चलन र परम्पराहरू छन । कुनै परिवारमा कसैको  मृत्यु हुँदा चामल- मानो, फल-फूल अथवा अन्य चीज- बीजहरू लिएर जाने, शोक- सन्तप्त परिवारलाई भेटेर कुराकानी गर्ने समवेदना र सहानुभूति दिने कार्यलाई अमेरिकी कानूनले अहिलेलाई रोकेको छ ।
संभवत, उनको असहाय परिवार एकान्तवास मा बसेको होला यस बखत ।  पहिलो कुरा अहिलेको अमेरिकी क़ानून र दोश्रो व्यक्तिगत भय । परिवारलाई भेटन जाँदा त्यहीँबाट रोग सरीहाल्छ कि भन्ने भय पनि कतै मानसपटमा सुतेको हुन सक्छ ।

बरा ! टुमुटुमु अत्यन्त ठूलो पीडा र वेदनामा रहेको त्यो परिवारलाई संझिरहेको छु म !
एकल परिवार, त्रासमा बाँचेको त्यो परिवार, रोग पो सल्केलाकि भनेर बाँचेको त्यो सानो परिवारलाई संझि रहेको छु निरन्तर तर अन्त्यमा मनलाई बुझाऊँछु यस्तै हो संसार !

ढिलो – चाँडो हामी सबैले जानै पर्छ तर लिम्बु भाई चाँडै गए र ग़लत समयमा गए ।  यस्तो समयमा पनि लिम्बू परिवारलाई साथ सहयोग दिने आफन्त र सहयोगीलाई हृदय देखि नमन ।
लिम्बुभाईको शोक- सन्तप्त परिवारलाई म र  मेरो परिवारको तर्फबाट हार्दिक समवेदना छ अहिलेलाई । पछि अवश्य पनि भेटनेछु ।

न्यूयोर्कमा भएका मेरा प्रिय र आत्मीय साथी-भाईहरू लाई विनम्र अनुरोध गर्दछु, विशेष गरि जी.पी कोईराला फाउन्डेशनका सभापति सोमनाथ भाई र अन्य मित्रहरूलाई,
कि यो संकटको घडीमा तपाईँहरूले फ़ोन गरेर भए पनि सक्दो सहयोग जुटाई दिनु होला, कृपया ! सबै किसिमको सहयोग !

अलविदा ! अनिलबाबु

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result