Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आर्चरीमा नेपालले कास्य जित्यो

चैत्र १२, २०७४ २:०७ मा प्रकाशित
आर्चरीमा नेपालले कास्य जित्यो
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ चैत / बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषतर्फ कास्य पदक हात पारेको छ ।

ढाकास्थित विकेएसपी कम्पाउन्डभित्र भएको खेलमा मिक्सतर्फ नेपालका तीलक पुन मगर र ज्ञानु अवालेको टोलीले श्रीलंकालाई पराजित गर्दै कास्य पदक हात पारेको हो ।

दुवै टोलीले दुई दुई सेट जितेर ४–४ अंक बराबर गरेपछि भएको सुटअफमा नेपाल ५–४ ले विजयी भएको हो ।

यसअघि भएको टिम एलिमिनेसन राउण्डमा नेपाल बंगलादेशसँग १–३ को सेटमा २–६ अंकले पराजित भएपछि कास्य पदकका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो ।

यसैबीच आजै भएको अर्को खेलमा नेपालका कम्पाउण्ड पुरुष टोलीले पनि कास्यपदक हात पारेको छ । नेपालका होमबहादुर थापा मगर, प्रजीतकुमार अग्रवाल र अभिषेक राज प्रधानको टोलीले श्रीलंकालाई २०८–१५७ अंकले पराजित गर्दै कास्य जितेको हो ।

यस्तै नेपालको रिकर्भ पुरुष टोली भने तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग पराजित भयो । दुवै टोलीले दुई÷दुई सेट जितेर ४–४ अंक बराबर गरेपछि भएको सुटअफमा नेपाल ४–५ अंकले श्रीलंकासँग पराजित भएको हो ।

त्यसअघि भएको एलिमिनेसन राउण्डमा नेपालले बंगलादेशसँग लगातार तीन सेट गुमाउँदै ०–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंका प्रतिद्वन्द्वी पाए पनि नेपालले खेल जित्न सकेन ।

नेपालको रिकर्भ पुरुष टोलीमा प्रेमप्रसाद पुन, तीलक पुन र मीनप्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए । रिकर्भ महिला टोली पनि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँगै पराजित हुन पुग्यो । नेपालकी ज्ञानु अवाले, आइसा तामाङ र तमन्ना क्षेत्रीको टोली श्रीलंकासँग १–३ को सेटमा २–६ अंकले पराजित भए ।

त्यसअघि आजै भएको एलिमिनेसन राउण्डमा नेपालको रिकर्भ महिला टोली बंगलादेशसँग ०–३ सेटमा ०–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result