Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लमसुङ माविमा भवन निर्माण

चैत्र १३, २०७४ ५:०८ मा प्रकाशित
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, १३ चैत

धौलागिरि गाउँपालिका–२ मा रहेको लमसुङ माविमा करीव रु २६ लाखको लागतमा दुईकोठे भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाअन्तर्गत भवन निर्माण भएको हो ।
परियोजनाको रु १९ लाख ५९ हजार ९१३ र स्थानीयवासीको रु छ लाख १७ हजार ४२७ बराबरको श्रम तथा वस्तुगत लगानीमा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले जानकारी दिनुभयो । भूकम्प प्रतिरोधी क्षमताको उक्त भवनमा कम्प्युटर र विज्ञान प्रयोगशाला स्थापना गरिएको प्रधानाध्यापक तुलसीनाथ सुवेदीले जानकारी दिनुभयो । परियोजनाले विद्यालयलाई चार थान कम्प्युटर, प्रिन्टर र विज्ञान प्रयोगशालाका सामग्री उपलब्ध गराएको थियो ।
विज्ञान र कम्प्युटर प्रयोगशाला सञ्चालनका लागि एक हजार ८९० वाट क्षमताको सोलार जडानका लागि रु दुई लाख २२ हजार ८५० अनुदान उपलब्ध गराएको संगम म्याग्दीका शिक्षा अधिकृत चिरञ्जीवी रेग्मीले बताउनुभयो । सोलार खरिद गर्न गाउँपालिकाले रु दुई लाख २७ हजार २५० विनियोजन गरेको छ । भौगोलिकरुपमा विकट र ६० प्रतिशत दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने लमसुङ माविको शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार निर्माण, प्रयोगशाला, सोलार जडान, बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्रीमा सहयोग गरिएको अधिकृत रेग्मीले बताउनुभयो । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा १९५ जना विद्यार्थी अध्ययनरत छन् । सन् २०१३ देखि लागू भएको परियोजनाले धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुदा, मुदी र मराङका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षा, विद्यालयको शैक्षिक गुणस्तर सुधार, अभिभावकको आयआर्जनलगायतका क्षेत्रमा सघाउँदै आएको छ । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result